चेपाङ्ग समूदायको घरमा आगजनी गरेकोमा नेपाल सुकुम्वासी संघको विरोध

काठमाण्डौ । चितवनको माडी–९ मा विगत लामो समयदेखि बसोबास गर्दै आएका चेपाङ्ग समूदायको घरमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गरेको प्रति नेपाल सुकुम्वासी व्यवस्थापन संघले प्रेश विज्ञप्ती जारी गरि घोर विरोध जनाएको छ । राष्ट्रिय निकुञ्जले चेपाङ्ग बस्तीमा आगो लगाउने र घर भत्काउने काम गरेको हो ।
नेपाल सुकुम्वासी व्यवस्थापन संघ र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ती जारी गरि यस्ता अमानवीय कार्यको घोर भत्सना गर्दै यस कार्य गर्ने गराउने प्रति कडा कारवाहीको माग गरेको छ ।
बिसौं सताब्दीदेखि बसोबास गर्दै आइरहेका चेपाङ्ग समूदायलाई वर्तमान कोभिड–१९ र वाढी पहिरोको आपतकालीन अवस्थाको ख्यालै नगरी उनीहरुलाई घरवार विहिन बनाईनु अमानवीय कार्य हो । यिनलाई तुरुन्त व्यवस्थापन गर्न सरकारलाई नेपाल सुकुम्वासी व्यवस्थापन संघ र जनता समाजवादी पार्टी जोडदार माग गर्दछ । यसलाई समयमा नै व्यवस्थापन गर्न संघका माहासचिव सरोज बस्नेतद्धार जारी विज्ञप्तीका जनाईएको छ ।