थप १ सय ५० जनमा संक्रमण, संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो

काठमाडौं । नेपालमा १ सय ५० नयाँ कोरोना भाइरस संक्रमणका बिरामी थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
देशभरका २७ प्रयोगशालामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १५० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म ४० जनाको ज्यान गएको छ ।