सरकारले लामो दूरीको सवारीसाधन भदौ १ गतेबाट सञ्चालनमा ल्याउने


काठमाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले लामो दूरीको सार्वजनिक यातायात भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।


बिगत चैत्र ११ गते देखि गरेको बन्दाबन्दीले यातयात व्यवसायी मारमा परेको र आम नागरिकले कष्ट भोग्नु परेको कुरालाई स्मरण गर्दै सामाजिक दरी लगायतका सुरक्षा कवच अपनाई लामो दुरीको यातयात सञ्चालन गर्ने निर्णय गरेको बताए ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।