नेपालमा कोरोनाबाट चाइनिज सहित दुईको मृत्यु, थप १०० कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको म‌ृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीका ६० वर्षका एक पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

जनकपुर उपमहानगरपालिकाका ती पुरुषमा खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
भेन्टिलेटरमा राखेर भइरहेको उपचारकै क्रममा साउन ६ गते उनको निधन भएको थियो। निधनपछि गरीएको नमूना परीक्षणमा उनमा कारोना पुष्टि भएको भएको प्रवक्ता गौतमले बताएका छन्।
त्यस्तै चिनियाँ महिला स्वास्थ्यमा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनलाई साउन २ गते काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएर उपचार भइरहेको थियो । उपचारका क्रममा कोरोना संक्रमणमा पुष्टि भएपछि ती महिलालाई त्रिवि शिक्षण अस्पताल ल्याइएर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार निधन भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपाला कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ। पछिल्लो ३ सय ७सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २०७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १२ हजार ६८४ पुगेको छ।