के हामी नेपाली जनताले खोजेको प्रजातन्त्र यस्तै थियो ?

२०४६को प्रजातान्त्रिक आन्दोल र २०५२ देखिको माओवदी वारुद यसैको लागि थियो ? प्रश्न जटिल छ । प्रजातन्त्र केलाई भन्ने भन्ने कुरामा जनताहरु अनुत्तरित भएका छन । कारण, नेपालको पंञ्चायतकालीन समयमा जुन किसिमका विकासका संरचनाहरु निर्माण भएका थिए, २०४६पछि समाप्त भएका छन । राजा शाहाले स्थापना गरिदिएका उद्योगधन्दा ध्वस्तगरिदा युवा वेरोजगारहरु विदेशिन वाध्य भएको देखिन्छ । घटनालाई अध्ययन गर्नुस छलफलमा सहभागिहुन सक्दछु । देश वचाउनको लागि सवै नेपाली जनताहरु मिलेर राज्य अपराध विरुद्ध शसक्त संघर्ष गर्नुको विकल्प नदेखिएकोले विगत शासकहरुवाट गरिएका केही अपराधका वुदाहरु प्रस्तुत गरिदिएको छु । नेपली जनताहरु आफै विज्ञ हुनुहुन्छ ।

(१) विसं २०१०को कोशि संझौता । जुन संझौता भएको छ राज्यको हित विरुद्धमा छ । संझौता यति घातक छ पुल उत्तरको करिव २०किमि भुमि भारतको अधिनमा छ । दक्षिणमा करिव १०किलो मिटर भुभाग भारतले हड्पेको छ । पुर्व पस्चिम १०किमि क्षेत्र सधैभरि डुवानमा हुन्छ । शुनसरी र सप्तरीको विचमा पर्ने उक्त भुभाग जलासय क्षेत्र नेपाली स्वामित्वमा हुदा कम क्षतिको स्थिति हुन्थ्यो । तर प्रत्येक वर्ष सप्तरीको भारदह एरियालाई नदि कटानले पार्ने क्षतिवाट प्राचिन शहर भारदह अस्तित्व विहिन हुदैन भन्ने आधार छैन । केही वर्ष अगाडीमात्र सुनसरी एरियामा कोशिको पानि प्रवेस गर्दा विराटनगर समेत खतरामा परेको थियो । मानिस तथा गाडी आवत जावतगर्ने पुल, जुन पुलको स्वामित्व भारतको जिम्मा छ । नेपाली कागे्रसका मातृका प्रसाद कोईरालाले भारतलाई सुम्पेको योजना हो त्यो । नेपालको खेतिमा लगाउने पानि समेत भारतले खटाउदछ ।

(२) गण्डक योजना । नवलपरासिको शिमाक्षेत्र नेपाली भुभाग हुदै मुल भाग भारतको विहार र सानो हिस्सा वाराको कलैया तिर मोडिएको नहर पानिको योजना हो गण्डक योजना । पानि भारतले खटाउछ । वर्षात वढिभए नेपालमा लाई दिन्छ । नत्र नेपालमा धान रोप्ने अवस्था हुदैन । विडम्वना परिचालित नहरको उत्तरवाट नेपालले आफ्नो अनुकुल अर्को नहर वनाउन नपाउने संझौता गरिएको छ । कागे्रसका नेता विशेश्वर प्रसाद कोईरालाको सत्ता समयमा भारत खुसिपार्न गरिएको संझौता मान्नुस त्यसलाई । संझौता राष्ट्रघाति छ ।

(३) राजा माथि वम प्रहार, ल्पेन अपहरण, सिह दरवार आगो काण्ड, एकसमयको त्यहि आतंकवादी शक्ति हो नेपाली कागे्रस । काग्रेसले पैसा वोकेर काठमाण्डौ आउँदै गरेको नेपाली ल्पेनलाई भारतको फार्वेसगंज उतारेर नगद डकैति गरेको छ । उक्त नगदवाट विशेश्वर प्रसाद कोईरालाका परिवारले भारत वसेर ऐस आराम गरेकाछन ।

(४) सिह दरवार काण्ड भन्नाले विस्तारवादी योजनामा अनुसार महत्वपुर्ण दस्तावेजहरु नष्ट गर्नुको साथै नेपालमा रहेका जवाहरातहरु गायवगर्ने योजनाअनुसार कृतिनिधि विष्टले लगाएको आगोवाट सिहदरवार जलाउने कार्य भएको छ । २०३० तिर भएको घटनाको नाइके विष्टलाई मान्नुपर्छ ।

(५) राजाका विरोधिलाई सफायागर्ने योजना अनुसार कम्युनिजमको नाममा गरिएको काण्ड हो झापा हत्या काण्ड । त्यस काण्डका नायकहरु के पि ओलि, राधाकृष्ण मैनाली, सिपि मैनाली जस्ता मानिस थिए । हत्यामा निर्दोस मानिस मारिएको थियो । २०४० को दसकतिर सुर्य वहादुरले गरेका चर्चित काण्ड हुन छिन्तांग र सिन्धुपाल्चोक काण्ड । धेरै निर्दोष मानिसहरु मारिएका थिए त्यो घटनामा ।

(६) टनकपुर काण्डः— भुमि, पानि, विद्युत भारतलाई सुम्पेको संझौता । सझौताका पात्र थिए प्र म गिरिजा प्रसाद कोईराला । संझौता राष्ट्रघाति छ ।

(७) अरुण जलविद्युत काण्ड । २०४८ सालको समय नेपाली काग्रेस सरकारको पालामा उत्पादन रोक्न राष्ट्रसंघमा लिखित विन्तिपत्र हालेर योजना रद्द गराउने पात्र थियो अहिलेको सत्ताधारी एमाले र त्यसका नेता माधव नेपाल । जुन समयमा राज्यले ठुलो घाटा व्यहोरेको छ ।

(८) २०५१ वहुमतको सरकारको विघटन साथ मध्यावधि । गिरिजा प्रसादको नायवि सुरुवात भएको दिन मुलुकलाई जस्ले अस्थिरतामा लगेको थियो ।

(९) २०५२ देखि सृखलावद्ध नागरिक हत्याको सुरुवात । करिव ३० हजार मानिसलाई मारियो । मुख्य पात्र वावुराम र प्रचण्ड थिए । धर्म संस्कृतिको नष्ट गरियो । मठ मन्दिरहरु भत्काईए । हत्या अपहरण र वलत्कार जस्ता घटनाले राज्य आक्रान्त वन्यो ।

(१०) उद्योग धन्दाको समाप्ति । राजा विरेन्द्रको हत्या । धमिजा, लौडा, चेजएयर, गोरे सुन काण्ड, वाइडवडी, सुडान घोटाला, ४जि, वालुवाटार काण्ड, जस्ता भ्रष्टचारका चर्चित काण्ड भए ।

(११) ०५३ एमालेले महाकाली देखिका सवै खोलानालाको स्वामित्व भारतको पोल्टामा हालिदियो । २०६५ देखि राजा ज्ञानेन्द्र विधिवत वनवास खेदिए ।

(१२) माओवादी सरकारका पालामा झण्डा जलाउने, एयरपोर्ट भारतलाई जिम्मा लगाउने, भारतिय हरुलाई नेपाली नागरिकता दिने, ने रु विस्थापित गर्ने जस्ता हर्कत देखिए । एनसेल काण्ड, राजस्व ठगि काण्ड, प्रहरी, न्याय, अक्तियार, सवै काण्डै काण्ड भए । नाकावन्दि गरेर नेपाली जनता मार्न प्रयत्न गर्ने मोदीलाई अभिनन्दन गरियो । कति काण्डको विस्तार गर्ने । अर्थात नेपाल काण्डनै काण्डले भरिएको देश वनेको छ ।

चर्चित काण्ड भयो पस्चिम कञ्चनपुरकी निर्मला वहिनीको वलत्कार पछि हत्या । रौतहडका वहिनिहरु माथि भएको तेजाव आक्रमण । हत्या अपराध र वलत्कारका घटना वढ्नु संघियता र धर्मनिरपेक्षताको रापले प्रभाव पारेको छ । यिनै विभिन्न अपराधको विरुद्धमा उभिएका छौ हामीहरु । अपराध मुक्तिको लागि वर्तमान सरकारको विघटन मात्र होईन शासन सत्ता दुवैको परिवर्तन गर्न आवस्यक छ । अर्थात यो सत्ता परविर्तन नभएसम्म राज्यमा आर्थिक विकास हुदैन । राष्ट्रीय संमृद्धिको कल्पना निरर्थक हुन्छ ।

हमीहरु प्रस्ट छौ जातिय, क्षेत्रिय, र लिंगिय आयोगहरु तत्काल खारेज गर्न आवस्यक छ । नेपालमा कोहीपनि जनजाती छैनन् । कोही पनि नागरिक देशी र प्रदेशी छैनन् । नेपालमा भएका राई, लिम्वू, भोटे, मगर, दुषाद, तेली, यादव, सवै नेपाली हुन सवै अस्तित्व मिलेर नेपाल वनेको छ । अर्थात वर्तमान शासकहरुले जाती जनजाती र दलित भनेर वर्गिकरण गरेका मानिसहरु नेपालका राष्ट्रिय नागरिक हुन ।

संघियता र धर्मनिरपेक्षताले देश विधटन गरेर नेपाली जनतालाई सरणार्थि वनाउने भएकोले वर्तमान शासनसत्ताको अन्त्य निम्ति संघर्षशिल भएका छौ । तपाईहरु साथ दिनुस । संवैधानिकप्रजातन्त्र, हिन्दुराज्य, समाजवादी अर्थनीति, स्थानिय स्वसासन, विशेषाधिकार सहितको राजसंस्था, स्थापनाको निम्ति एकजुट वनौ । जुन विचारहरु नेपाल समाजवादी कागे्रसका अध्यक्ष गोविन्द निरौलाले अघिसार्नु भएको छ नेपाल र नेपाली जनताको हितमा छ । हामीहरु त्यही विचार अंगालेर अघि वढेका छौ । त्यो विचार नेपाल समाजवादी कागे्रसको नीतिहो । नया सत्ता स्थापनाको लागि नेपाल समाजवादी कागे्रसमा आवद्ध वनौ । जयनेपाल ।

                                    लेखक, नेपाल समाजवादी कङगे्रसका सचिव हुनुहुन्छ ।