प्रधानन्यायधिस विरुद्ध माहाअभियोगको माग गर्दै गुल्मीमा प्रदर्शन


गुल्मी साउन ०९ । नेपाल महिला संघ गुल्मी आन्दोलित भएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको इजलासले जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेको थियो ।
आफ्नै श्रीमतीको हत्यामा दोषी ठहरिएका कोइरालाको सर्वस्व सहितको जन्मकैद सजाय प्रधान न्यायधिस शमशेर र न्यायधिस तेज बहादुर के।सी।को इजलासले घटाएपछि कोइराला सजाय भुक्तान गरी बिहिबार छुटेका थिए ।
सोही फैसलालाई लिएर नेपाल महिला संघ गुल्मी आन्दोलित भएको हो । शुक्रबार पीडित गीता कोइरालाको न्यायको लागि जोडदार माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासँगै प्रर्दशन गरिएको थियो ।


त्यस घटनालाई लिएर नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मीले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै महिला संघ गुल्मीकी सभापति लक्ष्मी पाण्डेले भन्नुभयो ‘जब अदालत नै स्वयम् पक्षपाती बन्न थाल्दछ । कुनै दल र व्यक्ति विशेषको पक्षपोषक बन्दछ तब एउटा लोकतान्त्रिक राज्य असफलता तर्फ उन्मुख हन्छ ।’ सभापति पाण्डेले प्रधानन्यायधिश नै यस्ता कु–कृत्यमा लाग्नु तथा राज्यले उनैको पक्षपोषण गर्नुले सरकार र राज्य पुर्ण रुपमा असफल भैसकेको उल्लेख गर्नुभयो । उहाँले खारेज भैसकेको कानुनको प्रयोग गर्दै र हालकै कानुनकै पनि अपव्याख्या गरी मनोमानी ढङ्गले आएको फैसलाले प्रधानन्याधिसको कार्यक्षमता कमजोर र नियत पनि गलत देखिएको बताउनुभयो । पाण्डेले तत्काल संसदबाट महाअभियोगको मुद्दाद्वारा कारवाही अगाडी बढाउन आग्रह समेत गर्नुभयो । यस्ता फैसलाले विगतका निर्मला हत्या काण्ड लगायत अन्य महिला हिंशाका मुद्दाहरु ओझेल पर्ने र गलत फैसला आउनेतर्फ आशंका बढाएकोले त्यसतर्फ सचेत गराउँदै पीडित स्व गीता कोइरालाको न्यायको लागि जोडदार माग गर्नुभयो ।