एफएनआइसीसीको बिवादको जड के हो ?
काठमाडौं । तय भइसकेको नेपाल उद्योग बाणिज्य संघको साधरण सभाको मिति स्थगित भएसँगै व्यापारीहरुमा खैलाबैला मच्चिएको छ । सरकारले चैत्र ११ गतेबाट लगाएको लकडाउनलाई ७ साउनबाट खुल्ला गरेको छ । लकडाउन खुल्ला भएपछि गत चैत्रमा नै तय भएको र कोरोना महामारीका कारण रोकिएको महासंघको निर्वाचन यही साउन २५ र २६ गते गर्ने गरी मिति सार्वजनिक भएको थियो । सरकारले ठुला सभा, सम्मेलन, समारोह र कार्यक्रम गर्न लगाएको रोक र बन्देजका कारण स्थगित गर्नुपरेको कुरा बाहिर आएपनि बास्ताविकता अर्कै रहेको बताइएको छ ।
सरकारले यस्ता गतिबिधि गर्न खुला नगर्दै एक्कासी महासंघले हचुवाको भरमा मिति घोषणा गरेको भन्दै बिरोध भएपछि स्थगित गर्नुु परेको हो । महासंघको घोषित मिति स्थगित हुनुमा यतिमा मात्र कुरा सिमित छैन । महासंघकका अधिकांश बहुमत सदस्य र पुर्व अध्यक्षहरु कोरोनाको महामारी जारी रहको र सरकारले पनि सभा सम्मेलन नगर भनिरहेको अवस्थामा गर्न नहुने पक्षमा उभिएका छन । बहुमतको दम्भमा निर्धारित मिति स्थगित गरिएको भन्दै महासंघका केही पदाधिकारी भने बिरोधमा उत्रिएका छन । निर्धारित मितिमा चुनाव गर्न आलटाल गरेर महासंघमा नयाँ नेतृत्व आउन र हस्तानतरण गर्न ढिलाई गर्न खोजेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । साधरणसभा अनिश्चित बनेपछि बिरोधमा उत्रने मध्येका एक हुन महासंघको बर्तमान उपाध्यक्ष एवंम बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल ।
सरकारलाई नै चुनौति दिनेगरी निर्धारित र तोकिएको समयमा चुनाव अर्थात साधरणसभा गर्नुपर्ने माग उनको समुहले गरेको छ । अघिल्लो हप्ता पत्रकार सम्मेलन गरी ढकाल समुहले सडयन्त्रपुर्वक महासंघको चुनाव स्थगित गर्ने काम भएको भन्दै बिरोध जनाएको छ । महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन उनको समुहलाई निर्वतमान अध्यक्ष चण्डीराज ढकालले सघाइरहेका छन । ढकाल अहिले महासंघको ‘बिशिष्ट’ सदस्य छन ।
महासंघलाई आफनो स्वार्थअनुकुल प्रयोग गर्न माहिर यिनै ढकालका कारण यस अघिबाट नै महासंघ बिवादमा तानिदै आएको छ । अहिले पनि महासंघको बिवाद र स्थगित साधरण सभाको बिषय जोडिएर बाहिर आउनुमा उनै ढकालको नाम जोडिएको छ । व्यापारीहरुका माझमा खेलाडीका उपमा पाएका ढकाल कसैगरी पनि महासंघलाई आफनो वरीपरी घुमाउन चाहान्छन र आफु हिरो बन्न खोज्छन । यही कारण उनी नेतृत्वमा नभए पनि बिवादमा तानिरहन्छन । आफु अनुकुलको व्यक्तिलाई महासंघको नेतृत्वमा पुरर्याउन जस्तोसुकै कदम चाल्न पनि उनी पछि पर्दैनन । कतिसम्म भने उनले बिधानमा हुँदै नभएको कानुनी व्यवस्थाको धज्जी उडाउँदै लागु गराएरै छाडे ।
बर्तमान अध्यक्ष भवानी राणालाई नेतृत्वमा पुरर्याउन उनले बिधान संसोधन गरेर उपाध्यक्षबाट चुनावी प्रतिस्पर्धा बिना नै अध्यक्ष बनाउन प्रमुख भुमिका खेलेका थिए । अहिले महासंघको बरिष्ठ उपाध्यक्ष रहेका दिवाकर गोल्छालाई कुनैपनि हालतमा अध्यक्ष बन्न नदिन र रोक्नाका लागि फेरी उनले यस बिचमा ठुलैचलखेल गरे । बिधानमा भएको व्यवस्था संशोधन गरी गोल्छालाई रोक्न चलखेल गरेपनि यसपटक सफल हुन सकेनन ।
अहिले फेरी चन्द्र ढकाललाई उचालेर महासंघलाई बदनाम गर्ने कोशिष जारी राखेका छन । सरकारलाई चुनौति दिनकै लागि उनले यस्तो खेल खेलेको महासंघले निर्धारित समयमा निर्वाचन गर्नुपर्ने माग अगाडि सार्न लगाएर चुनावी परिणाम आफनो हातमा पार्न खोजेपनि समय र अनुकुलताले साथ नदिएको गुनासो गर्दै आएका छन । हिजो अध्यक्ष राणालाई प्रयोग गरी बिधान संशोधन गर्न कस्सिएका ढकाल असफल भएपछि त्यसको रिस निर्धारित महासंघको मिति पर सार्न भुमिका खेलेको भन्दै अत्याउन खोज्दै छन । महासंघमा अहिले उनको खासै भुमिका छैन । तर पनि उनी महासंघको गोटी बनेर काम गरिरहेका छन । चन्द्र ढकालको पैसा र उनको दाउपेचमा कुनैपनि हालतमा बरिष्ठ उपाध्यक्षमा चुनाव जिताउने कसम खाएर उनी लागिपरेका छन । त्यसको लागि अहिलेको समय उपयुक्त थियो ढकालद्वयका लागि ।
मेरो भाइलाई कुनैपनि हालमा महासंघको अध्यक्ष र उत्तराधिकारी बनाएरै छाडछु भन्दै उनी लबिङ गरिरहेको भएपनि चुनाव नै अनिश्चित भएपछि उनी र उनको समुह छटपटीमा परेको छ । खासमा उनीहरुबिच कुनै नाता साइनो जोडिएको पनि छैन । दुवैको थर एउटै भएकोले मात्र गला जोडिएको बताइएको छ । चण्डी भोजपुरको याकु हुँदै झापा झरेका हुन भने चन्द्र बागलुङका हुन ।