राष्ट्रिय परीक्षा बोर्डमा महिनामा २२ पटकसम्म बैठक

परीक्षाको गुणस्तर अभिवृद्धिकै लागि हो त ?

काठमाडौं – सरकारी कार्यालय भत्ता खान कै लागि महिनामा २२ पटकसम्म बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ।

बोर्डले कक्षा ११ र १२ को परीक्षा सञ्चालन, नतिजा प्रकाशन, परीक्षार्थीको अभिलेख सच्याउने तथा यससँग सम्बन्धित अन्य प्राविधिक काम सञ्चालन गर्दै आएको छ। कार्यालय समयमै सम्पन्न हुन सक्ने पुनर्योग, अभिलेख सच्याउने, त्रुटि समाधानजस्ता नियमित काम गर्न पनि अघि–पछि पारेर बैठक बसेको जनाइएको छ। यसले सरकारलाई अनावश्यक आर्थिक बोझ थपेको छ।

महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७औं प्रतिवेदनमार्फत बैठकको संख्या घटाउँदै आर्थिक मितव्ययितता अपनाउन सुझाव दिएको छ। बैठकको समयलाई लम्ब्याउने, भत्तामा बढी रकम खर्च गर्न आमन्त्रित सदस्यको संख्यासमेत बढाएको प्रतिवेदनमा उल्लेख छ।
यसले राष्ट्रिय परीक्षा बोर्डको यो अनियमितता र भैरहेको गुणस्तर बारेमा गम्भिर
प्रश्न सृजना गरेको छ । यसले सरकारी निकाय र सरकारको सक्रियतालाई चुनौती खडागरिरहेको बुझिन थालेको छ ।