सुरक्षा दिने प्रहरीमा नै संक्रमण बढ्न थालेपछि
आम नागरिकको अवस्था के होला ?
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
नेपाल प्रहरी अस्पतालको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको छ । संक्रमितहरु मध्ये अधिकांश सवारी शाखाका र केही सञ्चार शाखाका अधिकारीमा संक्रमण देखिएको छ । हालसम्म हवल्दार र जवानमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए बताएका छन ।
अहिले अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर रिपोर्ट आइसकेको छैन आएपछि थप जानकारी दिने अधिकारीले बताए।