कोभिड–१९ नियन्त्रणमा नखटिने स्वास्थ्यकर्मी पक्राउ
स्वास्थ्यकर्मीका लागि चुनौति सृजना
काठमाण्डौं । आज पर्सामा २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाईएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको वीरगञ्ज महानगरपालिकाले जानकारी दिएको छ ।
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले कोभिड–१९मा खटाएका कर्मचारीहरु काममा नगएकोले प्रशासनको आदेशले २५ जनालाई नियन्त्रणमा लिएका हो। प्रशासनले कोभिड महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो । उनीहरु गएनन् अस्पतालबाट उनीहरुलाई सम्पर्क गर्दा कसैले पनि सकारात्मक जवाफ नदिएको नारायाणी अस्पतालका डा उदय नारायाण सिंहले बताउनु भयो ।
विपद्का बेला काम नगर्ने कर्मचारीलाई नियन्त्रणमा लिन माथिल्लो निकायबाटै आदेश भएकोले सोही अनुसार निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत बताउनु भयो ।
महानगरपालिकासँग कर्मचारी मागेको तर काम गर्न कोही पनि तयार नभएको गुनासो आयो । त्यसपछि समातेर ल्याउन भनेका थियौ र समातिए ।