गुल्मीमा करदाता सेवा कार्यालय सञ्चालन

चुस्तदुस्त सेवा प्रवाह गछौँ : कर अधिकृत


गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालय सञ्चालन भएसँगै करसम्बन्धी सेवा लिन पाल्पा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । जिल्लामा कर कार्यालय नहुँदा बषौ देखि पाल्पा, भैरहवा, बुटवल गएर कर तिर्न बाँध्यता थियो । जिल्लामा रहेका करदाताहरुको सेवालाई मध्यनजर गर्दै करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै व्यवसायीहरु हर्षित बनेका हुन् ।
होटल व्यवसायी भेषराज कंडेलले जिल्लामै करदाता सेवा कार्यालय सञ्चालन भएपछि हुँदा खुसि व्यक्त गर्नुभयो । ‘कर तिर्नकै लागि पाल्पा, बुटवल जानुपर्दा धेरै खर्चिलो र यात्रा जोखिमपुर्ण हुने गथ्र्यो ।’ उहाँले भन्नुभयो ‘अहिले त सजिलो भएको छ ।’ यसले व्यवसायीहरुलाई करसम्बन्धी सेवा लिन सहज हुने उल्लेख गर्नुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले तिर्नं नपाएको कर पनि अब सहज रुपमा सदरमुकाम तम्घासबाटै तिर्न पाउँदा व्यवसायीहरु हर्षित बनेका छन् ।
रेसुङ्गा नगरपालिका–१२ का ज्ञान बहादुर महाकिमले पनि जिल्लाबाट करसम्बन्धी सेवा लिन पाउँदा सहज भएको बताउनुभयो । महामकिम पनि होटल व्यवसायी हुनुहुन्छ । जिल्लामा करदाता सेवा कार्यालय सञ्चालन भएसँगै कर तिर्नकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यँता हटेकाले समयको पनि बचत भएको उल्लेख गर्नुभयो ।
जिल्लामा बुधबार देखि कर कार्यालय सञ्चालनमा आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ पुस २१ को निर्णयबाट देशभरीमा २४ वटा कर सेवा कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार गुल्मीको सदरमुकाम तम्घासमा पनि कर कार्यालय स्थापना भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले रेसुङ्गा नगपालिका–१ क्याम्पसरोडमा कार्यालय स्थापना गरि बुधबार देखि सेवा शुभारम्भ गरेको छ ।
आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्र अन्र्तगत गुल्मीका करदातालाई यसले सेवा प्रवाह गर्ने कार्यालयका प्रमुख विनोद कुमार माझीले जानकारी दिनुभयो । कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु शुभारम्भ गरिएको माझीले बताउनुभयो ।

प्रमुख माझीले करदातालाई छिटो सजिलो सुविधायुक्त तरिकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले साउन एक गतेदेखि नै सेवा सुचारु गर्ने गरि लागि परेका थियौँ । तर कोभिड–१९, तथा आन्तरिक गृहकार्य गर्दा गर्दै ढिला हुन गयो ।’ कानुनी, प्रशासनिक जटिलताका बीच पनि कर कार्यालय पाल्पाबाट हुने सम्पुर्ण सेवाहरु यहाँबाट सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा करदाता सेवा कार्यालय सञ्चालन भएसँगै व्यवसायीहरुलाई सहज हुने भन्दै यसले उनीहरुको मनोबल समेत बढेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो । व्यवसायीले तिर्ने राजस्व भन्दा जाँदा आउँदाको भाडा बढी लाग्ने हुनाले यहाँका व्यवसायी मारमा परेका थिए । अध्यक्ष भलामीले करदाता सेवा कार्यालय तम्घास मै आएकाले व्यवसायी मात्र नभई सिङ्गो जिल्लावासीमा खुसी थपिएको बताउनुभयो ।
गुल्मी चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले जिल्लाका दूरदराजमा रहेका व्यवसायीहरुलाई अझ धेरै सहज हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘धेरै वर्ष देखि कर तिर्नकै लागि पाल्पा, भैरहवा, बुटवल सम्म पुगियो । यसरी जिल्लाबाटै सेवा प्रवाह हुँदा खुसी लागेको छ ।’ व्यवसायीहरुले आफुहरुलाई थाहा नपाएका करसम्बन्धी जानकारी प्रत्यक्ष कार्यालयमा पुगी लिन समेत पाइने भएकाले व्यवसाय विस्तारमा समेत यसले मद्दत पु¥र्याउने भुसालले बताउनुभयो । जिल्लामा १७ हजार करदाताहरु रहेका करदाता सेवा कार्यालय गुल्मीले जनाएको छ ।