जवर्जस्त नेकपा : बिवेक शून्य प्रतिपक्ष !

मुलुक अहिले कोरोना महामारीसँगै बाढि पहिरोको कारण चपेटामा परेको छ । बर्षात्का कारण तराईका जिल्लाहरु ढुवानमा परेका छन भने पहाडी जिल्लाहरु पहिरोको चपेटामा छन । भारी वर्षा भएपछि तराईका जिल्लाका सयौं मानव बस्ती डुवानमा परेर हजारौं नागरिकहरुको उठिबास लागेको छ । नदी किनारको छेउछाउमा रहेका सयौं घरबास अहिले पानीमा डुवेका छन । डुवानमा परेर सयौको ज्यानसमेत गइसकेको छ ।
यता पहाडको हालत पनि उस्तै छ । लगातार परेको भारी वर्षातले पहिरो लागेर नागरिकहरुको उठिबास लाग्नेक्रम जारी छ । कोरोना महामारीको त्रास पनि बढ्दो रहेको छ । दैविक बिपत्तिबाट नागरिकलाई जोगाउने दायित्व बर्तमान सरकारको हो । यि बिषय अहिले खासै सरकारको प्राथमिकतामा परेको देखिदैन । बर्षेनि आउने यस्ता बिपत्ति रोक्न सरकारले समयमा व्यवस्थापन गर्न जरुरी थियो । सरकारले आफनो दायित्व समयमा पुरा गरे वा नगरेको खवरदारी गर्ने काम र दायित्व संसदको प्रतिपक्ष भुमिकामा रहेको राजनीतिक दलको हुनजान्छ । अहिले संसदमा प्रमुख प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेस छ । काँग्रेसको ध्यान यस्ता बिषयमा जान सकेको पाईदैन । अहिले मुलुकका सर्वसाधरण नागरिक मुख्यगरी यिनै समस्याबाट दिनहुँ ग्रसित छन ।
गत चैत महिनाको दोश्रो सातादेखि कोरोना महामारीको संक्रमण नफैलियोस भनेर सरकारले लकडाउन गर्दा मुलुकमा जम्मा दुईजना संक्रमित भेटिएका थिए । त्यसपछि सरकारले झण्डै चार महिना मुुलुकमा लकडाउनमा गर्यो । लकडाउन पछि रोजगारीका लागि बिदेश गएका नेपालीहरु आफनो जन्मथलो फर्किन थाले । मानिसहरु मुलुक भित्रिए सँगसँगै संक्रमण पनि आयो । अहिले मुलुकमाा संक्रमितको संख्या २० हजारको हाराहारीमा पुगेको छ । संक्रमित निको भएर घर फर्किनेको संख्या साँढे १४ हजार भन्दा माथि पुगेको छ । मृत्यु हुनेको ५६ पुगेको अवस्था छ ।
यो वर्षात्को समय हो । बर्षायाममा पानी पर्नु नौलो घटना पनि होइन । सरकारले पानी पार्यो, प्रतिपक्ष दलले रोक्नुपर्दथ्यो भनेको पनि होईन । बर्षातका कारण मुलुकका केही भुभाग डुवनमा पर्दा र पहिरो जाँदा नागरिकले निक्कै दुख पाएका छन । उनीहरुको समयमा उद्धार गरेर राहत पुरर्याउनु सरकारको कर्तव्य र दायित्व हो । सरकारले बेलैमा त्यसो नगरे खवरदारी गर्नु प्रतिपक्ष दलको नैतिक जिम्मेवारी हो । तर अहिले यी दुवै काम भइरहेको छैन र हुनसकिरहेको पनि पाईदैन । प्रदेश र स्थानिय सरकारको टाउकोमा यस्को जिम्मेवारी थोपर्ने काम भइरहेका छन । स्थानिय सरकारहरुसँगैं साधन श्रोतको अभावमा छन । उनीहरु आफैं सक्षम भइसकेका छैनन । उनीहरुसँग साधन श्रोतको कमी र अभाव छ । कतिपय गाँउपालिका र नगरपालिकाको आफनै काम गर्ने भवनसमेत छैन । उनीहरु भाडामा बसेका छन ।
बिद्यमान यस्तो अवस्थामा बिपतमा परेका नागरिकहरुको उद्दार र उनीहरुलाई राहतको बन्दोवस्त मिलाउने काम केन्द्रिय सरकारको हो भन्ने कुुरामा दुईमत छैन । तर अहिले मुलुकको केन्द्रिय सरकार आफनै दल भित्रको आन्तरिक झगडामा रुमलिएको छ भने प्रतिपक्ष दल पनि आन्तरिक किचलोबाट अछुतो छैन । सरकार आन्तरिक झगडामा केन्द्रित हुँदा र सर्वसाधरण नागरिकले दुख पाइरहेका छन । यो बिषयलाई प्रतिपक्ष दल नेपाली काँग्रेसले जोडदार रुपमा उठाएर सरकारलाई खवरदारी गर्नु उसको दायित्व हो । तर काँग्रेस यस बिषयमा मौन बसेर सत्तारुढ दल आन्तरिक किचलोले पार्टी बिभाजन भयो भने सरकारमा जान पाइन्छ कि भनेर ढुकिर बसिरहेको छ ।
उता नेकपाकै नेताहरु पनि सरकारले राम्रो काम गर्न नसकिरहेको भन्दै बिरोध गरिरहेका छन । प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेकै हो भने त्यो बिषयलाई लिएर जनतामाझ जान किन डराइरहेका छन । यसरी आपत्ती जनाएर काठमाडौं बस्नुको सटट बिवत्तिमा परेका जनताकामाझ गएर राहत र उद्धारमा जुटेको भए नेपाली जनताले वावाही र तारिफ गर्ने थिए । उनीहरुलाई त्यसो गर्न कसले रोकेको छ । सरकारको बिरोध गर्नुभन्दा देश भ्रमण गरेर समस्यामा परेका सर्वसाधरण नागरिकको पीडा र घाउमा मलम लगाउन जुटनु उचित हुनेछ ।
नेकपाकै दोश्रो एंवम कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समुह प्रधानमन्त्री ओलीको राजीनामा माग्दै दिनहँु कोठे बैठकमा अल्झिरहेको छ । सरकारले राम्रो काम गर्न नसकेको भए त्यही बिषयलाई लिएर जनतामाझ गएको भए भैहाल्थ्यो । उनलाई कसले रोकेको छ । यस्ता जल्दाबल्दा बिषयमा उनको समुहको कुनै ध्यान गएको पाईंदैन । उनको समुहको मात्र होइन, बिपक्षी दल नेपाली काँग्रेसको पनि कुनै ध्यान जान सकिरहेको छैन । यी र यस्ता बिषयमा नेकपाकै मुख्य जिम्मेवार नेताहरु र प्रतिपक्ष दलको ध्यान जानुको सटट झर्ला र खाउँलाको राजनीतिमा अल्झिदा जनताले अझ बढी दुख पाउने स्थिति नआउला भन्न सकिन्न ।