पाँच वर्षभित्र जनतामाझ गरेका सबै प्रतिवद्धता पूरा गर्छौ
– बुचुङ तामाङ, प्रमुख, आमाछोदिङ्मो गाउँपालिका, रसुवा
लामो समय पछि विशेष जिम्मेवारी लिएर जनतासँग सम्पर्क गर्ने अवसर मिल्यो । जनप्रतिनिधिहरुले नीति, योजना तथा कार्यक्रमहरु ल्याउने हो । यसमा पालिकावासीको साथ, सहयोग, हौसला हामीलाई चाहिन्छ, असम्भव काम कुनै पनि छैन । जनप्रतिनिधिको मात्र मुख ताक्ने प्रवृतिमा परिवर्तन गरौ । समय र पालिकाको स्रोत साधनलाई ध्यान दिएर अपेक्षा गरौ । नागरिकका अगाडि पु¥याउन सकिने कुरा मात्र बोल्ने ग¥यौ । निर्धारित लक्ष्यमा अगाडि बढ्न कसैले रोक्न सक्दैन । उक्त भनाइ हुन् आमाछोदिङ्मो गाउँपालिकाका प्रमुख बुचुङ तामाङको । सर्वैसँग हातेमालो गरेर अगाडि बढ्दा सामाजिक, आर्थिक र भौतिक विकास निर्धारित समयमा नै गर्न सकिन्छ । विकास हाम्रो लागि हो । यसका साझेदार हामी पनि हौ भन्ने सोचको विकास गरेका छौं । समग्र सामाजिक, आर्थिक र भौतिक विकासलगायत बिकास निर्माणका सन्दर्भमा केन्द्रित रहेर गाउँपालिका प्रमुख तामाङ्गसँग रेसुङ्गा टुडे साप्ताहिकका लागि सहसम्पादक केशव आचार्यले गरेको कुराकानी ।
प्रमुख ज्यू ! आज आम आमछोदिङ्मो गाउँपालिकावासीले दिएको जिम्मेवारी पुरा गरिरहनु भएको छ । यो जिम्मेवारी पुरा गरिरहँदा यहाँलाई कस्तो अनुभूति भैरहेको छ ?
बिस वर्ष भन्दा बढी समय खालि रहेको स्थानीय निकायमा निर्वाचित भएर आउन पाउँदा खुशी लागिरहेको छ । आम जनताका माग कसरी पुरा गर्ने भन्ने विषयमा हाम्रो बढि छलफल हुन्छ । लामो समयपछि बनेको सरकारसँग जनताको अपेक्षा पनि बढि नै छ, स्रोत साधन हाम्रो गाउँपालिकाको कुरा गर्ने हो भने सरकारले दिएको अनुदान मात्र हो । यसले सबै अपेक्षा पुरा गर्न सकिने अवस्था छैन । यो दुर्गम हिमाली भुभाग परेकोले आर्थिक उत्पादनको स्रोत छैन । सधैं सबै केन्द्रिय सरकारको अनुदानमा मात्र निर्भर रहनु पर्दा दुःख पनि लागिरहेको छ ।
समग्रमा भन्नुपर्दा यस गाउ“पालिकाको भौगोलिक अवस्था कस्तो छ ?
यो रसुवा जिल्लाको सवैभन्दा दुर्गम हिमाली क्षेत्रलाई समेटेको गाउँपालिका हो । यो साविकको ४ गा.वि.सलाई मिलाएर हाल ५ वडामा विभाजन गरिएको छ । एक वडाबाट अर्को वडासम्म जान घण्टौं लाग्ने अवस्था छ । मोटरबाटो विकास भैसकेको छैन, बनाएको पनि वर्षासँगै बग्छ फेरी त्यसैमा खर्च गर्नुपर्छ । वर्षाको याममा पहिरोको धेरै जोखिम यस पालिकाले व्यहोरिरहेको छ । यो पालिका जिल्ला सदरमुुकामबाट लगभग २५ किलो मिटर मात्र टाढा हो तर भुगोलको हिसाबले अत्यधिक असहज र बिकट छ । एउटा वडा सदरमुकामसँगै जोडिएको पनि छ तर हिमाली क्षेत्र भएकोले सहज छैन ।
यो गाउँपालिकाको नाम आमाछोदिङ्मो राख्नु भएको छ यसको खास अर्थ के हो, यो कुन भाषा हो ?
आज पनि धेरै नागरिकले यसलाई पार्वतीकुण्ड भन्नुहुन्छ । साविकको गा.वि.स पनि यसै नामबाट राखिएको थियो । पार्वतीकुण्ड चाहि नेपाली भाषाको नाम हो यसै नामलाई तामाङ्ग भाषामा आमाछोदिङमो भनिन्छ । आमाको अर्थ माता÷पार्वती र छोदिङमोको अर्थ कुण्ड वा पोखरी भन्ने हुन्छ । यो शब्द तामाङ्ग भाषाबाट लिइएको हो, यो यस क्षेत्रको धार्मिक पर्यटकीय पहिचान पनि हो । अहिले पनि यहाँ मेला लाग्छ । गोसाईकुण्ड शिव र पार्वतीकुण्ड माता पार्वतीसँग सम्बन्ध जोडिएको नाम हो । हिन्दु धर्ममा यसको ठूलो महत्व रहेको छ ।
यस पालिकामा कुन समुदायको बसोबास बढि छ र यहाँका मानिसहरुको जनजीवन कस्तो छ ?
यस क्षेत्रमा लगभग ९९ प्रतिशत तामाङ्ग, ०.८ प्रतिशतको हाराहारीमा घले र ०.२ प्रतिशतको हाराहारीमा नेवारी समुदायको बसोबास रहेको छ । भौगोलिक विकटता र हिमाली क्षेत्र भएकोले जनजीवन कष्टकर नै छ भन्नु पर्छ । दुर्गम भएकोले सरकारी कर्मचारी आउन नमान्ने आएपनि छिटै सरुवा लिएर जाने क्रमले स्वास्थ्य र शिक्षाको स्तर पनि अलि कमजोर नै छ । एउटा बाली पाक्न ६ महिना कुर्नु पर्छ । हिमाली भेग भएकोले उत्पादन पनि कमै हुन्छ ।
यस गाउ“पालिकाको शिक्षा र स्वास्थ्यको अवस्था बारे बताई दिनुस् न ?
भौगोलिक विकटताको कारण शिक्षा र स्वास्थ्यमा आवश्यक परिवर्तन हुन सकिरहेको छैन । यस गाउँपालिकामा १२ वटा सामुदायिक स्कूल छन् । शिक्षकहरु दुर्गम भएकोले जान नचाहने, एउटा स्कूलमा २÷३ जना मात्र शिक्षक हुने, उपस्थित कम हुने स्थिति थियो अहिले हामीले शिक्षालाई निरन्तरता दिन, गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्छ भनेर १३ जना शिक्षक निजी स्रोतबाट राखेका छौ । यसमा पालिकाले खर्च गर्छ । कम्तिमा स्कूलमा शिक्षक त छन् है भन्ने बनाएका छौ । स्कूलका भवनहरु आई.एन.जि.ओ तथा डि.एल.पि.आई.ओ र सरकारको संयुक्त लगानीमा बनिरहेका छन् बनेर हस्तान्तरण हुनेक्रम जारी छ । सामानको मूल्य त सबै समान नै हुन् तर हाम्रोमा ढुवानीको कारण लागत अत्यधिक आउँछ त्यसैले निर्माण गर्न पनि कठिन छ ।
स्वास्थ्यको कुरा गर्दा यस गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी रहेका छन् । एउटा वडामा स्वास्थ्य चौकी छैन, निर्माण गर्ने चरणमा छौ । यसमा पनि पालिकाको निजी स्रोतबाट २० जना एच.ए, अनमी र आया पालेका छौ । अहिले स्वास्थ्य चौकीमा आवश्यक कर्मचारी हुनुहुन्छ । निःशुल्क औषधी वितरण गरिरहेका छौ । स्वास्थ्यका कर्मचारीलाई गाउँ गाउँमा खटिने व्यवस्था गरेका छौ । अहिले स्वास्थ्यको क्षेत्रमा सुधार भैरहेको छ ।
तपाईको पाँच वर्षे कार्यकालमा ३ वर्ष पुरा गरिसक्नु भएको छ । यो कार्यकालमा आम गाउँवासीले अनुभूति गर्न लायक के के काम गर्नुभयो ?
यस अवधिमा हामीले सवै वडाहरुमा सडकको पँहुच विस्तार ग¥यौ । वर्तमान समयमा विकास भनेकै सडक हो भन्ने बुझाई छ । शिक्षाको सुधारको लागि निजी शिक्षक व्यवस्थापन गरी शैक्षिक गुणस्तर सुधार्न लागिपरेका छौ । स्वास्थ्य क्षेत्रमा सुधार, गाउँ गाउँमा सेवा, जेष्ठ नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण, कृषि अनुदान, पशुसेवा लगायतका काम गरेका छौ । पहाड, हिमाली भेगको कारण यो वर्षामा दिउसो सडक बनायो राती भत्किहाल्ने, दिउसो सोरेर गाडी आउने बनायो राती बिग्री जाने गर्छ । यसमा हामी बिहान बेलुका नभनी खटिरहेका छौ यो कुरा यहाँका बासिन्दाले देखिरहनु भएको छ । यि जनताले अनुभूति गर्न लायककै काम हुन भन्ने लाग्छ ।
हिजोआज विश्व नै कोभिड–१९ बाट आक्रान्त छ । संक्रमण रोक्न सरकारले लगभग ४ महिनासम्म बन्दाबन्दी ग¥यो । यस गाउ“पालिकाले यसको संक्रमण रोक्न के कस्ता उपायहरु अवलम्बन ग¥यो ?
यस मानेमा अहिलेसम्म रसुवा जिल्ला सुरक्षित नै छ भन्नुपर्छ । हामीले एउटा गाउँबाट अर्को गाउँ जान पनि नदिने आवश्यक अवस्थामा पालिकाबाट अनुमती लिनुपर्ने व्यवस्था ग¥यौ । यदि अनुमती नलिई गएमा अनिवार्य क्वारेन्टिनमा बस्नै पर्ने व्यवस्था गरियो । बिदेशबाट आउनु हुनेलाई पि.सि.आर पोजिटिभ देखिएको थियो क्यारेन्टिनमा राखेर पछि परीक्षण गर्दा नेगेटिभ देखिएकोले घर पठाईयो । काठमाण्डौ जाँदा आउँदा पनि रसुवामा त कडा रहेछ है भन्ने वातावरण बनायौ । जानै पर्नेले आफ्नो स्वास्थ्यको पुरै विवरण लिएर हिड्नु पर्ने, पालिकाको प्रमुखसँग समन्वय गरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरेर कोभिडको संक्रमणको विस्तारलाई रोक्ने प्रयास गरेका छौ ।
कोरोनाका कारण समस्यामा परेकाहरुलाई यस गाउ“पालिकाले के कस्तो राहत सहयोग उपलब्ध गरायो ?
सरकारको नीतिलाई शिरोधार्य गर्दै सर्वप्रथम जेष्ठ नागरिक, अपांङ्ग, एकल महिला, बालवालिका र दलित पाँच भागमा विभाजन गरि तथ्यांङ्क संकलन गरियो । पहिलो चरणमा उनीहरूलाई मात्र राहत दिने काम ग¥यौ । जागिरे, व्यापारी र जनप्रतिनिधिहरुलाई वितरण गरेनौं । वास्तवमा यहाँ त लगभग ९० प्रतिशत विपन्न परिवार छ । शहरमा दिनमा काम गरेर विहान बेलुका खाने स्थिति छ तर यहाँ त्यो अवस्था छैन, काम नै के हुन्छ र आय गर्नका लागि । पछिल्लो पटक चाहि पुरै पालिकावासीलाई राहत वितरण गरियो । राहतमा दैनिक विहान बेलुका चाहिने खाद्यान्नका सामान थिए ।
यस गाउँपालिकाको आम्दानीको मुख्य स्रोतहरु के के हुन् ?
हाम्रो मुख्य स्रोत कृषि र पशुपालन हो । कृषिमा सबै प्रकारको अन्न फल्छ, यस पेशामा लगभग ९९ प्रतिशत आवद्ध हुनुहुन्छ । विशेषतः कालोदाल, सिमी र आलु यहाँको पहिचान बोकेका उत्पादन हुन् । यहाँको अर्गानिक आलु बढि परिचित छ यसलाई ब्राण्डकै रुपमा विकास गरेर शहरतिर निकासी गर्ने योजनामा पनि छौ । पशुपालनमा चौरी गाई, भेडा र बाख्रा हुन् । हिमाली भुभाग परेकोले पशुपालनको व्यवसाय राम्रै छ ।
पर्यटकीय क्षेत्रको सम्भावना कत्तिको छ ?
यस पालिकामा धार्मिक हिसावले हेर्दा पार्वतीकुण्ड (जसलाई आमछोदिङमो पनि भनिन्छ), चिलिमे तातोपानी, चिलिमे हाईड्रोपावर र सज्जेन भ्याली छन् । यिनीहरुलाई मिडियामार्फत प्रचार प्रसार गर्नसकेको खण्डमा यस पालिकाले कोल्टे फेथ्र्यो कि भन्ने लाग्छ ।
यहाँहरुले चुनावताका आम गाउँवासीमा गरेका प्रतिवद्धताहरु कति प्रतिशत पुरा हुने अपेक्षा राख्नु भएको छ ?
स्थानीय निकायको चुनावी मैदानमा उत्रिरहँदा खासै धेरै प्रतिवद्धताहरु जनतामाझ गरेका थिएनौ । हामीले सडक, बत्ति र खानेपानीको व्यवस्था गर्छौ भनेका थियौं । वडा वडामा सडक पु¥यायौ, बत्ति पु¥याउने काम पुरा भै सक्यो, खानेपानी एउटा वडामा पुग्न बाँकी छ केही समय पछि पु¥याउँछौं । यो पाँच वर्षे अवधिमा हामीले भनेको कुरा पुरा हुन्छ ।
गाउँपालिकामा हालका दिनमा सार्वजनिक काममा जनसहभागिता कत्तिको जुट्ने गर्छ ?
यो समुदायमा पनि निर्भर रहन्छ तर हामीकोमा चाँहि शुन्य नै छ । यसका लागि आव्हन गर्न पनि गाह्रो छ सबै कृषि पेशामा आवद्ध, सधै काममै व्यस्त हुन्छन् । फेरि अर्कातिर यो सबै जनप्रतिनिधिले गर्ने हो यसैको लागि हामीले भोट हालेर जिताएर पठाएका छौ भन्ने सोच छ । यो उपभोक्ता समितिबाट केही सम्भव छ । प्रत्यक्ष रुपमा जनसहभागिता सम्भव होला जस्तो लाग्दैन ।
स्थानीय तहलाई समृद्ध बनाउन केन्द्रीय सरकारले कस्तो कानून बनाईदिए हुन्थ्यो जस्तो लाग्छ ?
राम्रो आम्दानी नभएका स्थानीय तहलाई सरकारले विशेष अनुदान दिने, भौतिक निर्माणमै पहिलो प्राथामिकता दिनुपर्ने, आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धन गर्ने, कृषिमा उत्थान हुने खालको कानून भइदिए हुन्थ्यो जस्तो लाग्छ ।