विज्ञहरुको सुझाव लकडाउन गरौं

आवश्यक परे कर्फ्यूसमेत लगाऊँ

काठमाण्डौ । जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले प्रधानमन्त्रीलाई कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो।

छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेका छन् । लकडाउन नगरेमा थप भयावह हुन सक्ने उनीहरूको चेतावनी छ । बैठकका कतिपय सहभागीले त कर्फ्यूसमेत लगाउनु पर्छ भनेका छन् । देशका विभित्र ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएकोले प्रधानमन्त्री ओली विज्ञहरूसँग छलफलमा बसेका हुन्।

उक्त छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी रहेका छन्।