आजै कोरोनाबाट ५ जनाको मृत्यु सावधानी अपनाउन सबैमा अनुरोध

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाटआज एकैदिन पाँच जनाको मृत्यु भएको छ । काठमाडौंमा एक र पर्सा र मोरङमा दुई–दुई जनाको मृत्यु भएको हो । यो समेत गरि नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

आज मृत्यु हुनेहरुमा
पर्सामा दुई जना वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उनी मधुमेहका बिरामी हुन् । साउन १८ गते पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराउदा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । उनीलाई इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरेका थिए ।

मोरङमा दुईजना रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुष र विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष रहेका छन् । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको अस्पतालले जानकारी दिएको थियो ।

यसले आम सर्बसाधारणमा त्रास थपेको छ । यसबाट सुरक्षित रहने एउटै उपाय भनेको स्वसुरक्षाको विधिको अवलम्बन नै हो । यसलाई अपनाउनु हुन सरकारले सबैमा अनुरोध गरेको छ ।