आज थप ४६४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज समेत कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका १३८ जना, काठमाडौंका ८८, मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११र११, ललितपुरका १० र बाराका ९ जना, नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४र४ जना, झापा र तनहुँका २ र २ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौ उपत्यकामा दिनानु दिन संक्रमण बढ्दै गईरहेको अवस्था छ । आम मानिसको बढि भिडभाड हुने र देशकै राजधानी भएको उपत्यका हुनुले मानिसहरुको चाप पनि उच्च छ । अहिलेको अवस्थामा नाका बन्द गरेर उपत्यका भित्रको व्यवस्थापनमा स्थानीय निकायले गर्छ भन्छन– काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन । केन्द्र सरकारले नाका बन्द गरिदियोस् भित्री व्यवस्थापन हामी गर्छौ भन्ने कुरामा उनीहरुको जोड छ ।