नेपालमा कोरोनाबाट मर्नेको संख्या उच्च हुदै
उपत्यकाबासीले सावधानी अपनाईदिन अनुरोध
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा र पर्सामा दुई ÷दुई र्गरी चार जनाको मृत्यु भएको हो ।
यो समेत हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ ।
काठमाण्डौ उपत्यकामा मानिसहरुको धेरै भिडभाड हुने हुँदा विश्व स्वास्थ्य संगठनले जारि गरेका नियमहरुको पालना गरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकावासीलाई विशेष अनुरोध गरेको छ । साथै सहरी ईलाकामा यसको संक्रमण छिटो बढ्न सक्ने हुदा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किदिनहुन पनि आग्रह गरिएको छ ।