विध ल्यावमा अनलाइन भुक्तानी गर्दा कोरोना परीक्षणमा थप २०० छुट

काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई–सेवा’वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्ने जनाएको छ ।
‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिने गरी व्यवस्था गरेका हौं’ बिधी ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट रकमभुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यास व्याक पाउनेछन ।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको भण्डारीले बताएका छन् ।
विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययनअनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्न सक्नेबारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो ।
कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाईनबाट रकमभुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउने छन भने स्वाव समेत विध ल्यावले संकलन गरेमा ४३०० तिरे पुग्नेछ । ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको संचालक भण्डारीले बताएका छन् । ‘परीक्षण गरेको चार घण्टामा नै हामीनतिजाउपलब्ध गराउँछौं’ भण्डारी भन्छन् । ललितपुरको कुपण्डोलमा सञ्चालित सो ल्याबमा एक दिनमा ४२ सयजनाको कोभिड परीक्षण गर्ने क्षमता रहेको बताइएको छ ।
बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको थियो ।