अव दश नाकाबाट मात्रै नेपाल आउन पाइने

काठमाण्डौ । सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने जनाएको छ। नेपाल आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट आउन दिईएको थियो । तर अव देखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

उनले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने बताए। मन्त्रिपरिषदले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने जानकारी दिए ।

यसअघिको निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो। मन्त्रिपरिषदले त्यसलाई संशोधन गर्दै १० नाकामा झारेको हो।

मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई बाहेक, सीमा नाका भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको खतिवडाले बताए।