कल्पनाद्वारा अण्डकोषमा हम्मरले हानेर कृृष्णबहादुरको हत्या

काठमाडौं । दाङका कृष्णबहादुर बोहोराको हत्या आरोपमा प्रहरीले कल्पना मुडभरी पौडेल पक्राउ परेर साार्वजनिक गरेको छ । आइतवार बिहान गोगंबुमा हत्या गरि फालिएको शव प्रहरीले फेला पारेपछि हत्याराको खोजी कार्यलाई तीव्र बनाएको थियो ।
मृतकको शव टाउको र खुट्टा जेव्रा झोलामा र शरिर सुटकेशमा छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो । मृतकको पहिचान हुन नसकेपछि प्रहरीले फोटो सार्वजनिक गरेको थियो । त्यसपछि मृतकको पहिचान खुल्नुका साथै हत्यारा समेत पत्ता लागेको हो ।
प्रहरीले पौडेललाई सोमबार चितवनबाट पक्राउ गरी मंगलवार काठमाडौंमा सार्वजनिक गरेको हो । उनले बोहोराको हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।
महानगरिय प्रहरी परिसर काठमाडौं र महानगरिय अपराध महाशाखा काठमाडौंले कल्पनाले बोहोराको हत्या गरेको साबिति बयान दिएको जानकारी दिएको हो ।
कृष्णबहादुरले नक्कली फेसबुक आइडी बनाएर अन्तरङ तस्विरहरु सार्वजनिक गर्दै आफु अनुकुल चल्न दवाव दिएपछि आफुले उनको हत्या गरेको साबिती बयान कल्पनाले दिएको प्रहरीले बताएको छ ।
होटलमा बस्दै आएका कृष्णबहादुरलाई कल्पनाले बोलाएर शुरुमा दहीमा स्लिपिङ ट्यावलेट खुवाएको र उनी बेहोश भएपछि अण्डकोषमा हम्मरले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरिसकेपछि कल्पनाले घटनालाई ढाकछोप पार्नको लागि टाउको काटी शरीर र खटटलाई अलग अलग बनाएर सुटकेश र झोलामा प्याक गरेर सडकमा फंयाकिदिएपछि उनी एम्वुलेन्स चढेर चितवन पुगेको प्रहरीको भनाई छ ।
प्रहरीले पौडेलको कोठाबाट घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ । आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साउन २५ गते विहान रातो प्लाष्टिकले बेरेको नाम्लोसहितको कालो रङ्को सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला पररेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३०० मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टाउको र खुट्टा पोको पारेर फालेको अवस्थामा फेला परेको थियो ।

मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक ग¥यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए । उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए । प्रहरीको अनुसन्धान उनी विगत आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ ।

उनीहरु बीच तीनरचार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आफू अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताएका छन् । उनका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, हत्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।

घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर मदिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताएका छन् ।

शव व्यवस्थापनमा कठिनाई भएपछि छोरीसमेतलाई संलग्न गरेकी थिइन् । पानी परेकाले छोरीर्लाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँकेर फर्किएकी थिइन् । भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिएपनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् । प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ । तर नाबालिका भएकाले सार्वजनिक भने गरेको छैन ।