गुल्मीको रेसुङ्गामा साउने मेला स्थगित
गुल्मी । गुल्मीको रेसुङ्गामा हरेक वर्ष साउन महिनामा लाग्ने साउने मेला यसवर्ष सुनसान छ ।
गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यस वर्ष साउने मेला स्थगित गरिएको हो ।
हरेक वर्षको साउन महिनाभरी मेला लाग्ने गुल्मी जिल्लाको सदरमुकाम तम्घासमाथिको अग्लो पहाडमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गा मन्दिरमा यस वर्ष मेला गर्न नसकिएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । ।यदि पूजा र दर्शन गर्न चाहने भक्तजनहरुले मन्दिर परिसरमा तोकिएको सीमा रेखाभित्र रहेर गर्न सकिने मन्दिरको पुजारीले बताएका छन् ।
विगतका वर्षहरुमा दैनिक २ देखि ४ सयसम्म भत्तजनहरु मन्दिर तथा पोखरीमा नुहाउनको लागि आउने गर्दथे। यो वर्ष भक्तजनहरुको संख्या आधाले घटेको छ ।