आज थप ५९४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थएिका ५९४ समेत कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । आजैमात्र २४० जना डिस्चार्ज भएका छन यो सहित कुल डिस्चार्ज हुनेको संख्या १० हजार ७७ रहेको छ । हाल सम्म १०० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५७५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

त्यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४/२४ जना, तनहुँ र बाँकेका २२/२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४/१४ जना, सिन्धुलीका ११ जना, झापा र कैलालीका ९/९ जना, सिराहा र अछामका ६/६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५/५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २/२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।