सिन्धुपाल्चोक पहिरोले ३५ घर पुरिए, ३८ जना वेपत्ता, आठ घाइते

सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा गए राती अबिरल बर्षाका कारण गाउँ भन्दा माथिबाट पहिरो आउँदा ठूलो धनजनको क्षति भएको छ ।
पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको छ भने आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार भइरहेको बताइएको छ ।
घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेको बताइएको छ । पहिरामा ३८ जना वेपत्ता रहेको र उनीहरुको खोजी शुरु भएको बताइएको छ ।
पहिरा क्षेत्रको अनुगमन र्ग सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ । उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको बताइएको छ ।
घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।
गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार वेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री, सानुकान्छी दोङ ९गर्भवती०, दिन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ रहेका छन् ।
त्यस्तै मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ, टीकामाई दोङ वेपत्ता रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।