गुल्मीको बुल्म प्राविको शिक्षक आवश्यकता विज्ञापन विवादमा तानियो
जिल्लाको बुल्म प्राथमिक बिद्यालय इस्मा गाउँपालिका–६ गुल्मीले दोश्रो पटक शिक्षक आवश्यकताका लागि आव्हान गरेको विज्ञान विवादमा तानिएको छ । त्यस बिद्यालयद्वारा साउन ६ गते शिक्षक आवश्यक्ताका लागि १५ दिनको म्याद राखेर बिज्ञापन खोलियो । बिज्ञापनको म्याद १५ दिन साउन २१ गते सम्म थियो ।
पहिलोपटक गरिएको विज्ञापनमा चार जनाले खुला तर्फबाटआवेदन दिए । एक जना करार सुचिमा परेका व्यक्तिले निबेदन दिए । यसरी करार सुचीमा रहेको निवेदन पर्नआए स्वत नियुत्ति दिने व्वस्था छ । तर त्यहाँ करार सुचिमा रहेको व्यक्तिले निवेदन दिए पनि पुनविज्ञापनको म्याद थपिए पछि विवादमा तानिएको हो ।
गाउँपालिकाको अनुमति बिना बिद्यालय व्यावस्थापन समितिले पुन म्याद थप गर्नु कानुन सम्मत नभएको शिक्षक संग गुल्मीका अध्यक्ष पे्रमनारायण भण्डारिले बताए । गाउँपालिका अध्यक्ष लक्ष्मण बिस्टले भने व्यावस्थापन समिति अध्यक्ष बोमलाल भण्डारिको बचाउ गरेका छन । अध्यक्ष बिस्टले यस बिषयलाई केहि समय रोकिएको र सबै जानकारि भएपछि मात्र अगाडि बढ्ने बताए ।
म्याद थप गरिएपछि अर्को करार सुचिमा नाम रहेको एक जना र पहिलाको एकजना गरि दुई जना व्याक्तिको निवेदन आएको भनेर गाउँपालिकालाई मौखिक जानकारि गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत नारायण महतले जानकारी दिए । विज्ञापनको पुन म्याद थप गर्दा गाउँपालिकालाई आधिकारिक कुनै जानकारी नआएको महतले बताए ।
महतले गाउँपालिका अध्यक्षले केहि समय रोक्ने र शिक्षा समन्व्यबाट आवश्यक परामर्श लिएर अघि बढ्ने जानकारि दिएको बताए । गाउँपालिका शिक्षशाखा प्रमुख लाल बहादु कुवाँरले आफुहरुलाई बिना जानकारि नै दोसो्र बिज्ञापन खोलिनु कानुन सम्मत नभएको बताए ।
बिद्यालय व्यावस्थापन समिति अध्यक्ष बोमलाल भण्डारिले भने बिभिन्ना जनगुनासो, बाढि पहिरो जस्ता समस्यका कारण पुन बिज्ञापन खोलिएको बताए । किन एक जना करार लिस्टमा नाम रहेकोे व्याक्तिको नाम आउँदा पनि राखिएन भन्ने प्रश्नमा अर्को सुचना निकालि सकेपछि आएको र जनगुनासो फेरि खोल्नु पर्छ भन्ने आएपछि बिज्ञापन खोलिएको दाबी गरे ।
यस अघि इस्मा गाउँपालिकाको २ नम्बर वडामा रहेको पालुखा माविमा पनि करारमा एक जना शिक्षक आवश्कता भनेर बिज्ञापन खोलिएको थियो । त्यहाँ पनि करार लिस्टमा नाम रहेको एकजना व्याक्तिको मात्र निवेदन आएको र जुन व्याक्तिलाई स्वत नियुक्ति दिएको हो ।
त्यस्तै सोहि वडाको जनता प्राविमा पनि एकजना करारमा शिक्षक आवश्यक्ताको भएपछि सहि बमोजिम नियुक्ति दिइएको थियो । तर इस्माको बुल्मामा भने करार सुचिमा परेको व्यक्तिको दरखास्त परे पनि पुन म्याद थप गरी अर्को करार सुचिमा रहेको व्यक्तिको निवेदन दर्ता गर्नुप्रति सरोकारवालाहरुले प्रश्न उठाएका छन् ।