थप ६४१ सहित नेपाल २६ हजार ६ सय ६० कोरोना संक्रमित

काठमाडौं । आजसम्म नेपापलमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आजमात्र ६४१ संक्रमित थपिएका र मृत्यु हुनेको संख्‍या १०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ३३५ र निको भएर थप १३४ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका ३८, भक्तपुरका ८, चितवनका २७, मोरङका १००, बाँकेका १०, बर्दियाका ३, दाङका ४, पर्साका ६४, सप्तरीका ११, सिरहाका ३, नुवाकोटका १, सिन्धुलीका १, जुम्लाका १, रुकुमका १, इलामका १, सुनसरीका १, कपिलवस्तुका २, नवलपरासीका १०, सर्लाहीका १, बाराका ६९ र रौतहटका १३ जना, कोरोना संक्रमण पुष्टि भएको हो।
रुपन्देही ५८, कास्कीका ११, तनहुँका ५, मकवानपुरका १, सुनसरीका १, धनुषाका ३७, महोत्तरीका ८, रौतहटका १, बाग्लुङका १, पर्वतका १, रोल्पाका २, कञ्चनपुरका ५, झापाका १, सर्लाहीका १, कैलालीका ३, लमजुङका १ र ताप्लेजुङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ।

त्यसैगरि प्रदेश नम्बर १ मा ३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना, प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलोसेलनमा उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना,कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलोसेनमा रहेका छन्।