नगरवासीको जिम्मेवारीबोध गर्दै अगाडि बढेका छौ
– अमान सिंह तामाङ्ग, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक
आम नगरवासीले विश्वास गरेर जुन जिम्मेवारी दिए त्यसको पालना गर्नु हामी जनप्रतिनिधिहरुको कर्तव्य हो । भौतिक संरचनाको निर्माण, पूनः निर्माण, शिक्षा स्वास्थ्यको आवश्यक व्यवस्थापन, नगरको आम्दानीको प्रमुख स्रोत, यस नगरपालिका वासीको प्रमुख पेशा आदिलाई ध्यान दिईयो भने नगरपालिकाको समृद्धि टाढा छैन । मैले आजसम्म जति काम गरेको छु त्यो नगरपालिको विकास, आम नगरवासीको आवश्यक्ता, दिगोपना जस्ता पक्षलाई ध्यान दिएर गरेको छु । यसमा म खुशि नै छु, खुशिकै अनुभूति भैरहेको छ । नगरपालिकाको समग्र आर्थिक, सामाजिक, भौगोलिक र रहनसहनको विषयमा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख अमान सिंह तामाङ्गसँग रेसुङ्गा टुडे साप्ताहिकका प्रतिनिधि केशव आचार्यले गरेको संवाद ।
आज पाँचवर्षे कार्यकालमा लगभग तीन वर्ष पुरा भैसकेको छ । यो अवधिमा आम नगरवासीको जिम्मेवारी वहन गरिरहँदा यहाँलाई कस्तो अनुभूति भैरहेको छ ?
जिम्मेवारी वोधगर्ने प्रतिनिधिले नै नगरवासीको मन जित्न सक्छ । भुकम्प पछिको पूनः निर्माणले लगभग पुर्णता पाइसकेको अवस्था छ । ५४ हजार जनसंख्या रहेको यस नगरपालिका यि नागरिकको अति आवश्यक विकास, दिगो संरचनाको निर्माणले नगरवासीमा खुशिपन ल्याउछ भने जनप्रतिनिधिहरुको पनि कामको मेलो देखिन्छ । हामी नगरवासीको अविभावक पनि हौं, उनीहरुको आवश्यक्ता र समस्यामा सहयोग पु¥याउनु हाम्रो दायित्व हो । यो दायित्वको बोध गरिरहेका छौ । यसमा मलाई गर्व नै छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको भौगोलिक अवस्था कस्तो छ ?
यो सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम भित्रको नगरपालिका हो । यसको पूर्वमा बलेफी र सुनकोशी गाउँपालिका, पश्चिममा ईन्द्रावती गाउँपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा पाँचखाल नगरपालिका र भूल्लु गाउँपालिका अवस्थित छ । पहाडी भुगोल रहेको यस नगरपालिकाले १६५.२५ वर्ग कि.मि क्षेत्रफल ओगटेको छ । साविकको १० वटा गा.वि.स लाई समेटेर हाल १४ वडामा यसलाई विस्तार गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका लामो नाम छ, त यो कसरी जुराउनु भएको ?
चौतारा यहाँको पुरानो नाम नै हो यसमा १० हजार जनसंख्या भएको पहिलाको सागाँ गा.वि.स र त्यसकै सेरोफेरोको गढी समेतलाई समेटेर यस नगरपालिकाको नाम चौतरा साँगाचोकगढी राखिएको हो । पहिला साँगा नगरपालिका राख्ने प्रस्तावपनि आएको थियो । पछि सबै समुदाय वृद्धिजिवी, समाजसेवी, राजनीतिकदलका प्रतिनिधि सबैको राय बमोजिम यो नाम जुराईएको हो ।
यहाँ नगर प्रमुख हुनुभन्दा पहिले र अहिलेको चौतरा साँगाचोकगढी नगरपालिकाको सामाजिक, भौतिक परिवर्तनको अन्तर बताईदिनुस त ?
नगर भुकम्पबाट क्षेतविक्षेत नै थियो । पूनः निर्माणकार्य धेरै गर्नुपर्ने त्यसमा धेरै समय खर्च गरियो । हाल लगभग पुरा भैसक्न लागेको छ । सामाजिक भौतिक परिवर्तनको अन्तरको कुरा गर्दा हिजोको गा.वि.स आज नगरपालिका भएको छ । चौधै वडासम्म पुग्ने बाटो कालोपत्रे भैरहेको छ । खानेपानी लगभग अन्तिम चरणमा पुगेको छ, सामुदायिक भवनहरु निर्माण, आधुनिक सुविधा सम्पन्न भैसकेका छन् । पहिला लामो समयसम्म जनप्रतिनिधि विहीनताको अवस्था रह्यो अहिले जनप्रतिनिधियुक्त भएको छ । नगरपालिकाको भवन वनेको छ, सबै वडामा वडा कार्यलयहरु बनेका छन् । स्वास्थ्य चौकीहरु बनेका छन । आम नगरवासीले आफ्नै वडा वडाबाट आवश्यक सेवा सुविधा प्राप्त गरिरहनु भएको छ । आफ्ना जनप्रतिनिधिलाई आफ्ना समस्याहरु मुखरित गर्न पाईरहनु भएको छ । यसले घरदैलोमै सेवा पाईरहेको अनुभूति आम नगरवासीलाई दिलाईरहेको छ । विविध क्षेत्रमा नगरपालिकाले अनुदानहरु दिईरहेको छ । पछि सम्मको लागि योजना बनाई कार्यक्रमलाई अगाडि बढाउने काम भैरहेको छ ।
भनेपछि नगरपालिकाको गौरवको आयोजना नै तय गर्नु भएको छ ?
गौरवका आयोजनाहरु छन चौतरा पर्यटकीय स्थल, भुकम्प पार्क, दुईदिन सम्म पर्यटक घुमाउन मिल्ने गरि पर्यटकीय संरचना, वडा वडामा कालोपत्रे बाटो, कोभिड–१९को कारण गाउँफर्केका युवा युवतीको लागि कृषि रोजगारी आदि जस्ता योजनालाई हामीले अगाडि बढाएका छौ ।
आम नगरवासीले अनुभूति गर्न लायक कामहरु के–के गर्नुभयो ?
हाम्रो सबैभन्दा ठूलो उपलब्धि सडकमै भएको छ । वडा वडाको कुना कुनासम्म सडक पु¥याउने काम गरेका छौ । कृषि प्रवद्र्धनको लागि रासायनिक मलको लागि नगरपालिकाले रु.२८ लाख बजेट छुट्याएको छ । कृषकलाई कृषि ऋणको व्यवस्था गरेका छौ । पशुपालनमा पशु अनुदान प्रदान गरेका छौ । खानेपानी, स्वास्थ्य चौकिहरु, नगरपालिकाको भवन आदि आम नगरवासीको आँखा अगाडि छन् ।
कृषकलाई कृषि ऋणको व्यवस्था गरेका छौ भन्नु भयो । नगरपालिकाले दिने यो ऋणको स्रोत के हो र कुन आधारमा वितरण गर्नु हुन्छ ?
नगरपालिका कै आम्दानीबाट दिने व्यवस्था गरेका हौं । कुषकलाई कृषि उत्पादनको स्तर हेरेर, त्यसको आधारमा तथ्यांङ्क संकलन गरि वितरण गछौ । कृषकले लिने ऋणमा व्याज मिनाहा हो । कृषकले व्याज तिर्नु पर्दैन । यस नगरपालिकाको मुख्य पेशा कृषि नै भएकोले यसलाई प्रवद्र्धन गर्न यो व्यवस्था गरेका हौं ।
यस नगरपालिकाको शिक्षा र स्वास्थ्यको बारेमा बताईदिनुस् ?
सर्व प्रथमतः स्वास्थ्य नै हो । स्वास्थ्य रहे न सबै कुराको प्राप्ति गर्न सकिन्छ । सबै स्वास्थ्य चौकीहरुमा स्वास्थ्यका कर्मचारीहरु मजवुत नै छन् । समय समयमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छौ । महिला बर्थिङ्ग सेन्टरको व्यवस्था, यहाँ बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउनेलाई नगरपालिकाले रु.१ हजार रुपैया प्रोत्साहन स्वरुप दिनेगरेका छौ । आँखाको उपचार मोतिया विन्दुको उपचार निःशुल्क गरिरहेका छौ । यहाँ सबै वडामा स्वास्थ्य चौकी र एउटा जिल्ला अस्पताल रहेको छ । यसै गरि शिक्षाको कुरा गर्नुपर्दा, हाम्रो नगरपालिकामा ८० वटा सामुदायिक स्कुलहरु रहेका छन, ५६० वटा कोठा सहितको विद्यालय भवनहरु छन् । यहाँ २ वटा कलेज छन् । विद्यालय भवनहरु सुविधासम्पन्न नै छन् । गुणस्तरिय शिक्षाको लागि निरन्तर खटिरहेका छौ ।
नगरपालिकाको आम्दानीको प्रमुख स्रोतहरु के के हुन ?
हाम्रो नगरपालिकाको आम्दानीको प्रमुख स्रोत कृषि र केन्द्रको अनुदान मात्र हो भन्दा हुन्छ ।
वर्तमान कोभिड–१९ को माहमारी रोक्न यस नगरपालिकाले कस्तो रणनीति अवलम्बन ग¥यो ?
शुरुको अवस्थामा जनचेतना फैलाउने काम ग¥यौ । सावुन पानीले हात धुने, माक्स वितरण, पि.पि.इ वितरण जस्ता कामलाई तिब्रता दियौं । दुईवटा क्यारेन्टिनको व्यवस्था गरेका छौ । पि.सि.आर परीक्षणलाई निरन्तरता दिईरहेका छौ । विदेशबाट आउनेलाई क्यारेन्टिनमा राखेरमात्र घर पठाउने गरेका छौ । हाल यहाँ संक्रमित हुनुहुन्न । यसका लागि पूर्व तयारीमा छौ ।
कोभिड–१९ का कारण गरेको बन्दाबन्दीबाट सामान्य परिवार बढि पीडित बने भनिन्छ । यिनका लागि यस नगरपालिकाले राहतको रुपमा के व्यवस्था ग¥यो ?
यहाँ अघिकांश कृषक हुनुहुन्छ । बढि समस्या त बाहिरबाट आएर बस्नेलाई हो उहाँहरुको लागि काम सहितको राहत वितरण ग¥यौ । नगरपालिकाको आवश्यक काम पनि भयो उहाँहरुले काम वापतको ज्याला पनि पाउनु भयो ।
सार्वजनिक काममा आम नगरवासीको सहभागिता कत्तिको पाईरहनु भएको छ ?
अहिले सार्वजनिक काममा जनसहभागित जुट्दैन । जुटे पनि अति न्यून । जनप्रतिनिधिले गर्नु पर्छ भोट दिएर जिताएर पठाएका छौ भन्ने सोच नागरिकमा बढेको जस्तो लाग्छ ।
यहाँले चुनावको समयमा आम नगरवासीमा गरेका प्रतिवद्धताहरु पुरा गर्नुहुन्छ ?
पुरा गर्ने कोशिस जारी छ । वडा वडामा सडक पु¥याउने काम सम्पन्न भैसकेको छ । वडा कार्यलय निर्माण, नगरभवन, बाटो कालोपत्रे, बिजुलीको खम्बा लगभग पुरा भैसकेका छन् । केही काम बाँकी छन् ती पुरा गर्न निरन्तर लागिपरेका छौ । समग्रमा ७५ प्रतिशत काम पुरा हुन्छन नै ।
भावि योजना के छ ?
केन्द्रिय सरकारको सुखि नेपली सवृद्ध नेपाल भने जस्तै हाम्रो पनि सुखि नगरवासी सवृद्ध नगर बनाउने हो ।
आज भोली स्थानीय सरकार प्रमुखहरुले जतिखेरपनि मिटिङ्ग– मिटिङ्ग मात्र भनेको सुनिन्छ । यि निरन्तर मिटिङ्ग के का लागि हुन्छन् ?
स्थानीय तहको विकासका लागि मिटिङ्ग गर्नु जरुरी नै छ तर त्यस्तो निरन्तर मिटिङ्ग त हाम्रोमा हुदैन । आवश्यक पर्दा कहिले काँही अपरर्झट चाहि वस्नु पर्ने हुनसक्छ ।
यो कोभिड–१९ लाई कतिले चुनौती भन्नुहुन्छ कतिले अवसर पनि हो भन्नुहुन्छ । खासमा यो चुनौती होकी अवसर हो त ? यहाँलाई के लाग्छ ?
म त चुनौती नै भन्छु । अर्थतन्त्रलाई धरासायी बनाउने, मानिसको जीवनस्तरलाई चौपट बनाउने, डिप्रेशनको सृजना गर्ने यस्तो माहामारीलाई नी अवसर भन्न त नमिल्ला जस्तो लाग्छ ।
आज देशमा ७६१ वटा सरकार छन् भनिन्छ । स्थानीय सरकार ७५३ वटा, प्रदेश सरकार ७ वटा र केन्द्रमा १ वटा । यतिका सरकार हुँदापनि नागरिक र सरकारबीचको मतभेद (टसल) चाँहि किन भैरहेको हो जस्तो लाग्छ ?
जनप्रतिनिधिले म नागरिकको सेवक हुँ भन्ने कुरामा ध्यान नदिनु, नागरिकमा पनि अधिक अपेक्षा हुनु र राजनीतिक मतभेद बढ्नुले यो स्थिति सृजना गरेका जस्तो लाग्छ । वास्तवमा जनप्रतिनिधि जनताको नोकर हो, चल्लाहरुको माउ हुन् जनप्रतिनिधि । जितेर आईसकेपछि के न गरें, कस्ले के गर्न सक्छ भन्ने खालको सोच जनप्रतिनिधिले फाल्नु पर्छ, नागरिकले पनि जनप्रतिनिधि हाम्रा लागि हुन् भन्ने कुरा बुझ्नु पर्छ ।
अन्तमा यहाँलाई भन्नै पर्ने जस्तो लागेको केही छ ?
सबै कुरा मैले माथि नै व्यक्त गरें । अन्तमा मलाई तपाईको मिडिया मार्फत मेरा विचार राखिदिने अवसर दिनु भयो । यहाँ र यहाँको मिडियालाई धेरै धेरै धन्यवाद !