नेकपा विवाद: मच्चियो मच्चियो अनि थच्चियो
फेस सेभिङका लागि भागवण्डामा कार्यदल गठन
काठमाडौं । नेकपामा जारी बिवाद मिलाउन भन्दै कार्यदल गठन भएको छ । यसमा पनि नेताहरुको गुटबन्दीको अधारमा भागबण्डा गरिएको छ । गत शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चलिरहेको बिवाद साम्य पार्न भन्दै ६ सदस्सीय कार्यदल गठन गरिएको छ । दुई अध्यक्षबिच भएको सहमतिका आधारमा कार्यदल गठन गर्ने निर्णयमा उनीहरु पुगेका हुन । कार्यदलको संयोजकमा पार्टी महासचिव बिष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ ।
कार्यदलका अन्य सदस्यहरुमा प्रदेश ५ मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनादर्न शर्मा तोकिएका छन । हिजो पनि यी नेताहरु दुई अध्यक्षको वरीपरी बसेर बिवाद मिलाउन सक्रिय थिए । आज पनि उनै नेताहरुलाई कार्यदलमा राखेर बिवाद मिलाउने जिम्मेवारी तोकिएको छ ।
यही कारणले पनि नेकपा भित्रको बिवाद खासै ठुलो नभएको र नेताहरुको बिचमा पदको भागबण्डा मिल्न नसकेकोले नै बिवाद बाहिर आएर छरपस्ट भएको पुष्टि हुन्छ । कार्यदलको संयोजक भएकै भोलिपल्ट महासचिव बिष्णु पौडेलले कार्यदल गठन भएसँगै बिवाद हलको दिशातर्फ उन्मुख भएको बताउनुले पनि नेताहरुले फेस सेभिङका लागि मात्र कार्यदल गठन गरेको बुझन कुनै आइतवार करिरहनु पर्दैन ।
नेकपा अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार एक टेलिभिजनमा अन्तवार्ता दिदै पाँच दिन भित्र नेकपा भित्रको अन्तरद्धन्दलाई समाधान गर्ने बचन बद्धता प्रकट गरेका थिए । सोही कुरालाई मध्यनजर गर्दै बिहीवार र शुक्रवार प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबिच छलफल गरेर कार्यदल गठन गरी बिवाद मिलाउन तत्परता देखाएका हुन ।
पार्टीमा लामो समयदेखि नेकपामा चल्दै आएको अन्तरद्धन्द्धले मुलुकको राजनीति नै प्रभावित बन्न पुगेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसले नेकपामा मात्र नभएर समग्र मुलुकको राजनीतिमा नराम्रो असर र क्षति पुरर्याएको भन्दै दुई अध्यक्षको आलोचना हुँदै आएको पनि छ । यही कुरालाई मध्यनजर गर्दै दुवैजना पार्टी अध्यक्ष सहमतिको लागि कार्यदल बनाएर पार्टी भित्रको आन्तरिक द्धन्द्ध समाधान खोज्न तयार भएका छन ।
गत असार १० गते देखि शुरु भएको स्थायी समितिको बैठकले पार्टी भित्र चर्केको बिवादलाई अहिलेसम्म हल गर्न नसेकेको भन्दै नेकपा भित्र र बाहिरबाट नेताहरुको आलोचना बढिरहेको छ । स्थायी समितिले बिवाद हल गर्न नसकेपछि केन्द्रिय समितिको बैठक बोलाउन भन्दै पार्टीका १ सय ५० जना भन्दा बढी केन्द्रिय सदस्यहरुले केन्द्रिय समितिको बैठक बोलाउन माग पनि गरेका छन । तर यसतर्फ अहिलेसम्म नेताहरुले अहिलेसम्म मुख खोल्न सकिरहेका छैनन । केन्द्रिय सदस्यहरुको यो पनि माग अहिले यतिकै मागको रुपमा मात्र सिमित बन्न पुगेको छ ।
यसैगरी नेकपा बिवाद बढेर पार्टी बिभाजनको तहमा पुगेको भन्दै आम कार्यकर्ताहरु र शुभचिन्तकहरुमा चिन्ता छाएको छ । कार्यकर्ताहरुको चिन्ता र निराशालाई मभ्यनजर गर्दै ५३ जना सांसदहरुले पार्टी भित्र देखिएको बिवादमा नेताहरुको कुनै पनि गुटमा नलाग्ने र पार्टी एकतामा जोड दिने भन्दै हस्ताक्षर अभियानसमेत चलाएका छन । हस्ताक्षर अभियानलाई अहिले तिब्र बनाइएको हस्ताक्षरकर्ता मध्येका एक सांसदले बताएका छन ।
कार्यदलमा पनि नेताहरुको भागबण्डा
शुक्रवार गठा भएको कार्यदल पनि नेतहरुको भागबण्डाका आधारमा गठन भएको छ । कार्यदलमा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालका दुई–दुई जना सदस्य रहने गरी नेताहरु तोकिएका छन । शुक्रवार गठन भएको कार्यदलमा प्रधानमन्त्री ओलीको तर्फबाट संयोजक बिष्णु पोडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य रहेका छन । यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट पम्फा भुषाल र जनार्दन शर्मा तोकिएका छन भने बरिष्ठ नेता माधब कुमार नेपालको तर्फबाट नेताहरु डां भीमबहादुर रावल र सुरेन्द्र पाण्डे सदस्य तोकिएका छन ।