बालुवाटारमा ओली, प्रचण्ड र देउवा त्रिपक्षीय छलफल


काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।


बालुवाटार छलफलमा ओली, देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी छन्।

प्रधानमन्त्रीले डाकेपछि सोमबार बिहान साढे ११ बजे सभापति र लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेको देउवाका सहयोगी भानु देउवाले बताए।

उक्त छलफलमा संवैधानिक नियुक्ति, रिक्त रहेका पोखरा विश्वविद्यालय लगायतका निकायमा नियुक्तिजस्ता विषयमा छलफल भएको बताइएको छ।