ओलीको बोली अनुसार कै परिणाम
मुलुक कोरोना महामारी को चपेटामा छ । यसैगरी बाढी पहिरोको जोखिम पनि त्यतिकै रहेको छ । यो अवस्थामा सत्तारुढ दल नेकपा भने एक अर्कालाई निषेध गर्ने गरी लडाँई लडिरहेको अवस्था थियो । निक्कै माथापच्चीका बीचमा नेकपाका दुई अध्यक्षले ढिलै भएपनि एकताको लागि पहलकदमी लिएका छन । यही कारण नेकपाको एकीकरणमा परेको धाँजाले पार्टी फुटको संघारमा पुगेर पनि बालबाल बँचेको छ । जुन साहसका साथ अध्यक्षद्धयले एकता गरेका थिए । र, पुन पार्टी एकताको लागि दुवै पक्ष लचक भएर पार्टी एकताको लागि पहल अगाडि बढाएका छन, यो सुखद बिषय हो ।
एउटा जिवन्त पार्टीमा बहस, अन्तरसंघर्ष हुनु अस्वभाविक पनि होइन । यही बिषयलाई मनन गर्दै दुई अध्यक्षले पार्टीको एकतालाई जोगाई राख्नका निम्ति जो कदम र उपाय निकालेका छन त्यो प्रशंसीय रहेको छ । अझ भन्नुपर्दा नेकपाका अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधवार एक टेलिभिजनमा अन्तरवार्ता दिदै भनेका थिए ‘अवको पाँच दिनभित्र नेकपा भित्र चलिरहेको अन्तरसंर्घषको अन्तय भएको देख्नुहुनेछ ।’ उनले नेपाली जनतालाई अन्तरवार्तामार्फत यसरी आस्वस्थ पारेपछि सञ्चारमाध्यदेखि सर्वसाधरणलेसमेत काउनडाउन शुरु गरेका थिए ।
बिगत चार महिनादेखिको पार्टी भित्रको बिवाद पाँचदिन भित्रै कसरी हल होला भनेर धेरैले जिज्ञासा प्रकट गरेका पनि थिए । तर प्रधानमन्त्री ओलीले भने झै् भोलिपल्ट अर्थात गएको बिहिवारबाट नै परिणाम बाहिर आउन शुरु गरेको छ ।
१० असारबाट शुरु भएको नेकपा स्थायी समितिको बैठकले ठोस निर्णय गर्न नसकेर अहिले बैठक स्थगित मात्र होइन अलपत्र अवस्थामा छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बिषयलाई बहुमत स्थायी समितिका सदस्यहरुले उठाएपछि नेकपा भित्रको अन्तर बिरोध चुलिएर देखिनेगरी सतहमा आएको थियो । यो बिवादले मुलुकको राजनीतिक समिकरण बदलिएर राजनीतिक उपलव्धी धरापमा पर्न लागको आभास समेत भएको थियो । यस्तो अवस्थामा दुई अध्यक्षले कार्यदलमार्फत निकास खोज्न गरेको पहल संकटमा पार्टी जोगाउने र जनादेशको सम्मान गर्ने सही तरिका हो ।
यस बिचमा कुनै पनि हालतमा नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेका नेकपाको पार्टी एकीकरण भत्कनु हुदैन भनेर नेता, कार्यकर्ता, शुभचिन्तक, सांसद र मन्त्रीहरुबाटसमेत चिन्ता प्रकट गर्दै अध्यक्षद्धयलाई दवाव दिने कामहरु तिव्ररुपमा भए । यसपछि प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डको बिचमा पटक पटक वार्ता, छलफल र संवादहरु पनि चलिरहे । तर बार्ताहरु सफल भएन र परिणाम बाहिर आउन सकेनन । दुई अध्यक्षका बिचको वार्ता सकारात्मक दिशातिर भन्दा पनि नकारात्मक तर्फ अगाडि बढिरहयो । उचित निकास निस्कन नसकेर परिणाम बाहिर आउन नसकेपछि पार्टी फुटको संघारमा पुगेर पनि अवस्था बेरबदल आएको छ ।
टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले स–गौरवका साथ भनेका थिए ‘अबको पाँच दिनभित्रै हेर्नुस, भोलिदेखि १, २, ३, ४, र ५ गन्नुस, अनि प्रश्न सोध्न आउनुहोला । पार्टीभित्रको सिनारियो परिवर्तन भएको पाउनु हुनेछ ।’ नभन्दै गएको बिहिवार नै अध्यक्षद्धयका बिच भेटवार्ता भयो । करिव ९ दिन लामो प्रत्यक्ष भेट र संवादहिनता तोडेर दुई अध्यक्षका बिच भेट संभव भयो । अनि साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ नै भइहाल्यो ।
गत शुक्रवार अर्थात साउन ३० मा दुई अध्यक्षद्वारा महासचिव बिष्णु पौडेल संयोजक रहनेगरी ६ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको अन्यमा स्थायी समिति सदस्यहरु शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य छन । यो कार्यदल गठन गर्न अध्यक्षद्धय सहमत भएसँगै नेकपाको धेरै बिवाद हल भएको अनुमान लगाउन सकिन्छ । दुई अधयक्षका बिच भएको सहमति घोषणा भएर ठोस समझदारी निर्माणको आन्तरिक प्रयासलाई तीब्र पारिएको छ ।
यसैगरी सीमा बिवादका कारण बिगत चार महिना देखि छिमेकी मुलुक भारतसँग कुनै संवाद हुन सकिरहेको थिएन । अहिले दुई मुलुकका बिचमा हुन नसकिरहेको संवाद शुरु भएको छ । शनिवार ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीका बिच टेलिफोन संवाद भएको छ । भारतीय समकक्षीका बीचको अगस्ट १५ को संवादले चार महिना अघिको संवादको कडीलाई जोडेर नयाँ सिलसिला शुरू गरेको छ । नेपाल र नेपाली जनताका लागि यो सुखद समाचार पनि हो ।
त्यस्तै भाद्र १ अर्थात सोमवारका दिन नेकपाको सचिवालय बैठक बसेको छ । सो बैठकले लामो समयदेखि नेकपा भित्र रहेको बिवादको अन्तय भएको संकेत दिएको छ । सचिवालय बैठकमा धेरै कुराको हल गर्दै बाँकी रहेका असन्तुष्टिहरुसमेतलाई अन्त्य गरेर कार्यदल गठनको प्रक्रियालाई जानरीमा लिएर अनुमोदन गरिसकेको छ । अब नेकपाको बिवाद पुरै हल भएर परिणाम सकारात्मक दिशातर्फ अगाडि आउन लागेको बुझन सकिन्छ । साथै कार्यदलले छिटटै् आफनो राय सुझावसहितको प्रतिवेदन बुझाउने र त्यसकै आधारमा बँचे खुँचेका बिवाद समाधान हुने भएका छन ।
कार्यदल गठन प्रक्रिया माथि नै प्रश्न
नेकपाको कार्यदल गोरु भन्दा गाडा अगाडि भन्ने उखानसँग मेल खान पुगेको छ । सत्तारुढ दल नेकपा बिगत ६ महिनादेखि चरम बिवादको भुमरीमा फंस्दै आएको छ । लामो समयदेखि पार्टीमा देखिएको बिवाद हल गर्न नेकपाले साउन ३० मा महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्सीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले काम शुरु गर्न नपाउँर्दै गठन प्रक्रियाको बैधानिकताका बारेमा प्रश्न उठयो ।
यसका बावजुत पनि कार्यदलले आफनो काम फत्ते गरिसकेको छ । शुक्रवार नै अध्यक्षद्वयलाई प्रतिबेदन बुझाउने तयारी कार्यदलले गरेको भएपनि त्यो पुरा हुन सकेन । कार्यदल सदस्य भीम रावल गृह जिल्ला अछाम गएको र उनी फर्के लगत्तै प्रतिबेदन बुझाउन लागिएको छ । कार्यदलले दिएको प्रतिबेदनको आधारमा नै नेकपा भित्र चलिरहेको अन्तरसंघर्षको अन्तय हुने अपेक्षा गरिएको छ ।
नेकपाका मुख्य केही नेताहरुले कार्यदल गठनको प्रक्रिया नमिलेको भन्दै बिरोध पनि जनाए । नेकपाको बैठक वा पार्टीको कुनै पनि कमिटीमा छलफल नभई र उसको सिफारिस बिना नै दुई अध्यक्षले मनोमानी ढंगले कार्यदल गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि बिवाद बाहिर आएको हो । यसरी बिरोध आउनु जीवन्त र त्यसमा पनि कम्युनिस्ट पार्टीमा अस्वभाबिक होइन र छैन । बिधि, पद्धति र सिद्धान्तमाथि अलि बढी नै बिश्वास गर्दै आएका कम्युनिष्टहरुको लागि यो सुहाउने बिषय पनि थिएन । अझ सत्तारुढ दलको लागि त यो अझ लाजमर्दो बिषय हो । सत्तारुढ दल नेकपाले पार्टी हाक्नको लागि भनेर नौ सदस्सीय हाइकमान्ड अर्थात सचिवालय बनाएको छ । सचिवालयमा कुनै छलफल नै नगरी दुई अध्यक्षले मनोमानी ढंगले कार्यदल बनाएर नाम घोषना गरेपछि बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल र पार्टी उपाध्यक्ष बामदेब शंसकित हुनपुगे ।
कम्युनिष्ट पार्टी त अझ बिधी, सिद्धान्त र पद्धतिबाट संञ्चालित हुनुपर्ने हो । यी कुनै पनि कुरा पुरा नगरीकन नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मनोमानी ढंगले कार्यदल बनाएसँगै यसको बैधानिकताका बारेमा प्रश्नहरु नउठेका पनि होइन । कार्यदलको बैधानिकता बारे सर्वत्र प्रश्न उठेपछि दुई अध्यक्षले भदौ १ गते सोमवार सचिवालयको बैठक गरी सो निर्णय अनुमोदन गराएका छन । यसले के कुराको पुष्टि गरेको छ भने कार्यदल गठन प्रक्रिया उचित र बिधिसम्मत थिएन ।
गोरु भन्दा गाडा अगाडि !
आफुलाई नेपालको प्रजातान्त्रिक दलको मसिहा ठान्ने नेपाली काँग्रेसमा यस्तै अप्रजातान्त्रिक गतिबिधि र निर्णयहरु यसअघि थुप्रै हुने गरेका थिए । यो रोग अहिले नेकपामा सरको छ भन्दा अतियुक्ति नहोला । स्वर्गिय गिरिजाप्रसाद कोइराला पार्टी जिवित सभापति रहँदा यस्ता थुप्रै अप्रजातान्त्रिक गतिबिधि र यस्ता कामहरु भएका छन ।
जुनसुकै निर्णय पनि उनि आफुखुशी पहिला गर्ने र पछि पार्टीबाट अनुमोदन गराउँथे । यो रोग अहिले नेकपामा सरेको छ । प्रजातान्त्रिक पार्टीमा पहिला प्रस्ताव ल्याउने र सम्वन्धित कमिटीमा छलफल गरेर त्यसले सिफारिस गर्नुपर्छ । उसले सिफारिस गरेको नाम वा निर्णयलाई केन्द्रिय समिति वा पार्टी पदाधिकारी बैठकबाट अनुमोदन गराउनुपर्छ ।
तर यसपटक नेकपाले यो कुरालाई पटक्कै ध्यान दिएको देखिएन । कार्यदल र त्यसमा रहेका सदस्यहरुको नामका बारेमा नेकपाको कुनै पनि पार्टी कमिटीमा छलफल नगरीकन अध्यक्षद्धयको खल्तीबाट नाम सिफारिस भयो र कार्यदल गठन गरियो । यसलाई नेकपाकै कतिपय नेताहरुले गोरु भन्दा गाडा अगाडि भएको संज्ञा दिएका पनि छन । नेकपा भित्र र बाहिरबाट दुई अध्यक्षबाट भएको निर्णयको चौतर्फी आलोचना भयो । त्यसपछि मात्र कार्यदल गठनबारे सचिवालय बैठकबाट अनुमोदन गराइयो । यदि सचिवालयबाटै यो निर्णय गराएको भए यसरी आलोचना खेप्नुपर्ने थिएन ।