कोरोना माहामारीबाट अपेक्षा गरिएभन्दा चाडै मुक्ति पाउने : डब्लुएचओ
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना माहामारीबाट विश्व समुदाय अपेक्षा गरिएभन्दा चाडै मुक्त भै सामान्य अवस्थामा फर्कने आशा ब्यक्त गरेको छ ।
कोरोना संक्रमण निकै लामो समयसम्म रहने अनुमान भैरहेका बेला विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले २ बर्षभित्र विश्व समुदाय पुरानो अवस्थामा फर्कने बताएका छन् ।
डब्लुएचओका प्रमुख टेड्रोसले बिश्वब्यापीकरणका कारण कोरोना संक्रमण विश्वभर फैलिएको बताउँदै प्रबिधिको उच्च बिकासका कारण यसको नियन्त्रणमा पनि चाडै मद्दत पुग्ने बताएका छन् ।
उनले यसअघि सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुका कारण २ बर्षमा विश्वभर २ करोड मानिसको मृत्यु भए पनि यस पटक विश्वभर कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि चालिएका कदमहरुले सकारात्मक परिणाम ल्याउनेमा आफु आशावादी भएको बताएका छन् ।