गुल्मीका तीन युवा कृषिमा कार्यमा व्यस्त
स्थानीयतहरुले आफ्नो घाँस खरिद गरिदिएपछि अझ युवाहरुमा उत्साह
गुल्मी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशको अर्थतन्त्र नै कमजोर बनिरहेको छ । यस समयमा धेरैले रोजगार समेत गुमाएका छन् । तर गुल्मी तीन युवाहरु भने आफ्नै ठाउँमा व्यवसायिक ककृषि कार्यलाई अगाडि बढाएका छन् । जिल्लाको इस्मा गाउँपालिका ३ का २१ बर्षिय गोर्कण नेपाली, २० बर्षिय लक्ष्मण चालिसे, ३१ बर्षिय सुनिल पौड्यालले संयुक्त रुपमा खासिचौर टारामा एक करोडको लगानीमा सामुहिक कृषि फार्म संचालन ल्याएका छन् ।
तीन जना युवाहरुले १ सय ३१ रोपनीे जग्गा भाडामा लिई बार्षिक ३ लाख भाडा तिर्ने गरी १५ बर्षको लागि सम्झौता गरेका छन् । तीन युवाहरु मध्ये गोर्कणको ८० रोपनी र लक्ष्मणको ५० रोपनी जग्गा पनि लिएका छन् । उनीहरुले आफ्नो फार्ममा मेन्दोला ,इपिइपिल, सिओ थी्र, सिओ फोर लगाएतका २८ प्रजातिका घासँहरु पनि लगाएका छन् । उनीहरुले लगाएको घासँ गुल्मीको मुसिकोट नगरपालिका, मदाने, इस्मा, रुरुक्षेत्र, कालीगण्डकी गाउँपालिकालाई घाँस बिक्रि गरि १ लाख ८० हजार आम्दानी गरेको उनीहरुको भनाई छ ।
स्थानीयतहरुले आफनो घाँस खरिद गरिदिएपछि अझ युवाहरुमा उत्साह थपिएको छ । जिल्लामै पहिलो पटक कालिज तथा बोका खसि र कुखुराको मासु उत्पादन गरि जिल्ला र प्रदेश पाचँमा सम्म निर्यात गर्ने तयारीका साथ लागेको उनीहरुको भनाई छ । अहिले २० हजार माछा अट्ने पोखरी र ८ सय बाख्रा प्रदेश न ५ कै मोडेल र आधुनिक बाख्रा फार्म निर्माणाधीन अवस्थामा रहेको छ ।