तीन मुक्तक

मुक्तक – १
बदलिइसकेको छोरोको व्यवहार चिनिएपछि
मायाको बदलामा सधैं घृणा नै घृणा दिएपछि
आमाको मन यसकारणले रोएको हो हजुर
वृद्धआश्रममा आफू घरमा कुकुर पालिएपछि

मुक्तक – २
गफ लाएर नै दिनरात कटाउन खोज्ने
क्षणिक आनन्दलाई माया लगाउन खोज्ने
दुनियाँसँग मस्ती गरेर हिड्नेहरु नै हो
सोझी केटीसँग घरबार बसाउन खोज्ने

मुक्तक – ३
मलाई आफ्नो बनाउ भन्ने कोही भएन
अन्त आँखा नडुलाउ भन्ने कोही भएन
मेरो नामको मेहेन्दी चुराले यो साउनमा
तिम्रो हातमा सजाउ भन्ने कोही भएन