भूमी बैंकबारे मन्त्री अर्यालद्वारा विज्ञहरुसँग छलफल

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमी बैंक निर्माणबारे विज्ञहरुसँग छलफल गरेकी छिन् । मंगलबार मन्त्रालयमा आयोजित छलफलमा काठमाडौंमा विज्ञहरुको सहभागीता थिए ।
आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा भूमि बैंक स्थापनालाई प्राथमिकतामा राखे अनुसार मन्त्रालयले भूमि बैंक स्थापनाका लागि छलफल थालेको हो।
मन्त्री अर्यालले निजी सम्पत्ति पनि उपयोग गर्ने र सरकारी जग्गाहरु पनि उपयोग गर्ने हिसाबले बाटो खोल्दिनुपर्ने बताएकी छिन्। सबै जग्गाहरु प्रयोग गर्ने हिसाबले समावेश गरेर जानुपर्ने मन्त्री अर्यालको भनाइ छ ।
संरचनाका सन्दर्भमा अहिले पनि दुबिधा रहेको भन्दै मन्त्री अर्यालले व्यवस्थापकीय काम स्थानीय तहले नै गर्ने भएपनि सरकारी निकाय र जनताको तत्परता दुवै भएमा थप प्रभावकारी हुने बताएकी छिन्।
आगामी दिनमा देशभर भूमि बैंक बिस्तार गर्दै जाँदा देशभरी जसले जहाँ पनि उपयोग गर्न पाउने व्यवस्था बनाउनका निम्ती एउटा राष्ट्रिय स्तरको संरचना जरुरी रहेको मन्त्ती अर्यालले बताएकी छिन्।
सरकारी जग्गाहरु, नदिउकास एवं गुठीका जग्गाहरु पनि उत्पादनमूलक क्षेत्रमा लगाउनका निम्ती भूमि बैंकमार्फत यसरी जान सकिन्छ भन्ने कुरा बजेटको सम्बोधनमा थप गरेर आएको मन्त्री अर्यालले बताएकी छिन् ।