सहर र गाउँका मानिस

सहरका मानिस नेट र कम्प्यूटरमा मस्त छन्
गाउँका मानिस खेत र वारीमा व्यस्त छन् ।

मनसुन याम छ सहरका मानिस घरायसी काममा व्यस्त छन्
मनसुन याम छ गाउँका मानिस बाहिरी काममा व्यस्त छन् ।

सहरका मानिस गाडीको आवाज सुनेर उठ्छन्
गाउँका मानिस चराचुरंगीको आवाज सुनेर उठ्छन् ।

सहरका मानिस दिनभरि पढ्छन्
गाउँका मानिस दिनभरि काम गर्छन् ।

सहरका मानिस काम गर्नु नपरेर अगाडि पर्छन
गाउँका मानिस काममा व्यस्त भएर पछाडि पर्छन् ।

सहरमा पनि व्यक्ति सुख आनन्दसँग बस्छन्
गाउँमा गरिव व्यक्ति दुःखकष्ट सहेर बस्छन् ।

सहरमा घरहरु नजिक भएपनि मानिसको मन टाढा हुन्छ
गाउँमा घरहरु टाढा भएपनि मानिसको मन नजिक हुन्छ ।

– छथर जोरपाटी–३, धनकुटा