दरवारगाउँपालिकाद्वारा इ–बुलेटिन प्रकाशित

गुल्मी । गुल्मीको एक स्थानिय तह गुल्मी दरबार गाउँ पालिकाले इ– बुलेटिन प्रकाशित गरेको छ । गाउँपालिकाले जिल्लामै पहिलो पटक आफनो विभिन्न गतिविधि समाबेश गरेर मासिक इ–बुलेटिन प्रकाशित गरेको हो । गाउँ पालिकाको आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम मार्फत पालिकाले सु–शासन कायम गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको छ । पालिकाको हरेक क्रियाकलापहरुलाई पारदर्शी वनाउन र नागरिकलाई सु–सुचित गराउनको लागि मस्सिक इ–बुलेटिन प्रकाशन गरेको हो ।
गाउँपालिकाले जनतालाई केन्द्रमा राखी जनताको अधिकतम हितको लागि संचालन गरेका विभिन्न गतिविधिहरुले प्रष्ट पारेको छ ।


संवैधानिक हकको प्रत्याभूति गराउन र सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीको कार्यान्वयन गर्नका लागि पालिकाले मासिक रुपमा इ–बुलेटिन प्रकाशन गर्ने व्यवस्था मिलाएको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भएको छ ।
प्रमुख प्रशासकीयक अधिकृतको रुपमा लक्ष्मण पाण्डे आए पछि गाउँपालिका नागरिकमैत्री बन्दै गएको छ । गाउँपालिकाले कार्यलयबाट हुने सेवा प्रबाहलाई प्रभावकारि र सहज बनाउनका लागि विभिन्न क्रियाकलापहरु गर्दै आएको सूचना अधिकारी सुरेश खनालले बताएका छन् ।