नेपालमा एकै दिन थपिए ११११ जना संक्रमित, ५६९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ। उनीहरु मध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।
मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्। बाँकी ७५ जिल्लामा कोरोनाका संक्रमितहरु धेर थोर रहेका छन् ।
बिहीबार १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाकारी दिएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ८८ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– १४९१
प्रदेश २– ४४५८
बागमती प्रदेश– ९४६
गण्डकी प्रदेश– १६७०
प्रदेश ५– ४७०२
कर्णली प्रदेश– २०२५
सुदूरपश्चिम प्रदेश– ४७८१