निर्माणाधीन रेसुङ्गा विमानस्थलको ४५ प्रतिशत कार्य सकियो
गुल्मी ÷ जिल्लामा निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माणको कार्यले गति लिन नसक्दा निर्माण कार्य शुरु भएको १४ वर्षमा ४५ प्रतिशत कार्य मात्र सकिएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा अवस्थित यस विमानस्थलको निर्माण कार्य शुरु भएको २०६३ सालबाट हो । यसरी हेर्दा निर्माण कार्य शुरु भएको १४ वर्ष बिति सक्यो ।
यसको निर्माण कार्य भने २०७२ सालबाट सुरु भएको हो । यसबीचको ९ वर्ष जग्गा व्यवस्थापन लगायतका कार्यमा खर्चिएको बताईएको छ । २०७५ साल जेठ २५ गते कच्ची विमानस्थलमा परिक्षण उडान भरियो ।
धुले उडान परिक्षण गरिएको २ बर्ष बित्दा सम्म पनि उडानले निरन्तर नपाउँनु दुखत बिषय हो । विमानस्थल नियमित सञ्चालनको लागि आवश्यक पर्ने टर्मिनल भवन, टावर, तारजाली निर्माण तथा व्यवस्थापनको काम सुरु भएको छ । अहिले धावनमार्गको ३० प्रतिशत कार्य सकिएको छ ।
विमानस्थलको धावनमार्ग आउँदो कार्तिकमा पुरा गरिसक्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण लकडाउन र बर्खाको समय र जनशक्ति अभाव लगायतको कारणले लक्ष्यअनुसार काम पुरा हुन नसकेको विमानस्थालका सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो ।
धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने ४६ घरधुरि तथा जग्गाधनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । विमानस्थल ७८ रोपनि १० आना क्षेत्रफलमा फैलिएको छ ।
विमानस्थल २०६३ सालमा हाल नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शिलन्याश गर्नुभएको थियो । शिलन्यास गर्नुभएका ज्ञवाली दुई पटक मन्त्री बन्दा विमानस्थल सञ्चालनमा आउन नसक्नु चिन्ताको बिषय बनेको छ ।