तरकारीको भाउमा लगाम आवश्यक
सम्पादकीय
नेपाल कुषि प्रधान मुलुक भनिएपनि यसलाई खासै प्रोत्साहित गरिएको छैन । बर्षेनी अर्बौ रकम बराबरको खाद्यान्नलगायत तरकारी छिमेकी मुलुकबाट आयात भइरहेको छ । आयात प्रतिस्थापनको लागि सरकारले हरेक वर्ष केही नयाँ योजना र उपायका बारेमा सुझाएको हुन्छ । तर परिणाम निस्कने गरी आजका दिनसम्म उपलव्धीमुलक काम हुन सकिरहेको छैन । निषेधाज्ञालाई निहँु बनाएर अहिले बजारमा तरकारीको भाउ छोइनसक्नु गरी बढेको छ । तरकारीको मुल्य अचाक्ली बढ्नुमा बिचौलियाहरुको मुख्य हात रहेको बताईदै आएको छ । गएको मंगलबार र बिहिवार यस बिषयमा नियामक निकायले चासो लिएर बजार अनुगमन गरेको देखावटी काम पनि ग¥यो । तर पनि परिणाम आउन भने सकेको छैन । अनुगमन पछि तरकारीको भाउमा कुनै तलमाथि भएको महसुस आमजनताले गर्न सकिरहेका छैनन् । अनुगमन गर्नेले आप्mनो काम देखाउनका लागि गरेको हो कि भन्ने भान आमनागरिकले गरेका छन् । तरकारी उत्पादन गर्ने किसानले तरकारी बिक्री नभएको गुनासो गरिरहेका छन् । यता उपभोक्ता भने महंगों मुल्य तिरेर खान बाध्य छन् ।
कुखुरापालक किसानको हालत पनि उस्तै छ । करोडौ रकम लगानी गरेर चलाइएको व्यवसायको हालत पनि चौपट हुन पुगेको छ । बजारमा अहिले मासुको मुल्य घटेर धेरै तल आइपुगेपछि किसान र व्यवसायीहरु रोइरहेका छन् । उनीहरुले उत्पादन गरेको कुखुराको परल मुल्य पनि पाउन नसकेपछि व्यवसाय नै धरापमा पर्न थालेको बताइएको छ । किसानले परल र लागत मुल्य पनि पाउन सकिरहेको अवस्था छैन । यही कारण अहिले कुखुरापालक किसानहरु चिन्तित छन् । उनीहरुलाई परेको मर्का र समस्याका बारेमा सरकार बेखवर पनि छैन । बजारमा तरकारीको मुल्यको तुलनामा अहिले मासु सस्तो भएको छ । यसप्रति चासो देखाउने नियामक निकाय र चासो बोक्नेहरु के हेरेर बसेका छन् भन्ने प्रश्न उठ्न थालेको छ । यसअघि गरिएको लकडाउनको समयमा यही अवस्था आएपछि किसानले कुखुरा पाल्न नै छोडेका थिए । ह्याचरीवालाहरुले उत्पादन गरेका चल्ला बिक्री नभएपछि त्यसै खाल्डो खनेर पुर्नुपरेको थियो । त्यस लगत्तै केही समयसम्म बजारमा मासुको भाउ ह्वात्तै बढेको थियो । अहिले फेरि त्यही नियति दोहोरिएको छ ।
‘संमृद्ध नेपाल, सुखी नेपाली’ बर्तमान सरकारको नारा हो । तर नारा अनुसारको काम नहँुदा जहिले पनि मर्कामा पर्नेहरु किसानहरु नै छन् । कुषकहरुलाई परेको मर्काका बारेमा सरकारले सिधै उनीहरुसँग कहिल्यै पनि संवाद गरेको छैन । जव बाली लगाउने सिजन चल्छ तब मल तथा बिउको अभाव बर्षेनी झेल्नु परेकै हुन्छ । यसपाली पनि यो नियति किसानले बेहोरेका छन् । जेठ, असारमा धान रोप्ने सिजनमा रासायनिक मलको अभाव झेलेका किसानले आजका दिनसम्म सहजै मल प्राप्त गर्न सकेका छैनन् । यस्ता सानातिना समस्यालाई पनि सरकारले समयमा ध्यान दिन नसकेको परिणाम किसानले दुःख पाइरहेका छन् । यो वर्ष मात्र यस्तो अवस्था आएको होइन, हरेक वर्ष यस्तो समस्या उनीहरुले खेप्दै आएका छन् ।