उपत्यकामा २९८ सहित देशैभर ८९९ जना संक्रमित थपिए

कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना सहित देशभरमा ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार देशभरमा गरेर १७ हजार ८ सय २२ जना सक्रिय संक्रमित रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्।
त्यस्तै ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा छन् भने २१ हजार ४ सय १० जना संक्रमण मुक्त भएका छन् ।
संक्रमित मध्ये १३२ जनाको आइसीयु र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएकोछ । मन्त्रालयका प्रवक्ता गौतमले दिएको जानकारी अनुसार महोत्तरी, गोर्खा, रुपन्देही, झापा, रौतहट, चितवन र भक्तपुरमा गरी सात जनाको मृत्यु भएको हो ।


कुन जिल्लामा कति थपिए संक्रमित ?

प्रदेश १ – ओखलढुंगा १, खोटांगमा १, झापामा ५, मोरंगमा १९, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ – धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३ र सिरहामा ५ जना संक्रमित भेटिएका छन्।
वाग्मती प्रदेश – काठमाडौंमा १९०, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा २, धादिंगमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २, ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन्।

गण्डकी प्रदेश – कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासी पूर्व ४, लमजुंग २, बाग्लुंगमा ४ जना भेटिएका छन्।
प्रदेश ५ – अर्घाखाँचीमा २, कपिलवस्तु १, नवलपरासी ३, पाल्पा १, बर्दिया २, बाँके १४ र रुपन्देहीमा ११ जना संक्रमित भेटिएका छन्।
कर्णाली प्रदेश – जुम्लामा १ र सुर्खेतमा ३८ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश – अछाममा २३, कञ्चनपुरमा ७, कैलाली १६, डोटीमा १, बझांगमा १ र बैतडीमा २ जना संक्रमित फेला परेका छन्।