गुल्मीदरबार गाउँपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।
गुल्मी, गुल्मीदरबार गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज गाउँपालिकाको सभाहलमा सरोकारवालाहरुका बिचमा आर्थिक बर्ष २०७६र०७७ मा सम्पन्न काम , त्यसमा बिनियोजित बजेट र खर्च विवरण प्रस्तुत गरिएको हो । गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु र सबै वडा सचिबहरुले आफ्नो शाखा मार्फत सम्पन्न गरेका काम , आइलागेका समस्या र समधानका उपाय समेत प्रस्तुत गरेका छन । गाउँपालिका अध्यक्ष अशोक कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिना भण्डारी, कार्यकारी अधिकृत लक्ष्मण पान्डे , सबै वडाका वडा अध्यक्ष एवम कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उधोग बाणिज्य संघका प्रतिनिधि कृष्ण खनालले ब्यापारीमा दोहोरो कर लागेको गुनासो गर्नुभएको थियो । नेकपा गुल्मीदरबारका अध्यक्ष बिष्णु गौतमले गाउपालिकाको आन्तरिक राजस्व बढाउने प्रयत्न गर्नु पर्ने , आर्थिक पारदर्शीतालाइ अझै परिष्कृत गर्नु पर्ने , आगामी आर्थिक बर्षमा कुनैपनी बजेट फ्रीज नहुने गरि काम गर्नुपर्ने, असारे बिकासको परिपाटीलाई पुर्णरुपमा बन्द गर्नुपर्ने लगायतका सुझाब दिनुभयो । कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै गाउँपालिकामा सुसासन र पारदर्शिता बिश्वासनिय बनाउन गाउँपालिकाका प्रत्यक गतिविधि देशमै पहिलोपटक गुल्मीदरबारले मासिक इ(बुलेटिन मार्फत सार्वजनिक गरिरहेको बताउनु भयो । योजना फ्रीज हुन नदिन अब बार्षिक क्यालेन्डर अनुरुप काम गर्ने प्रतिबद्धता प्रशासकिय अधिकृत पाण्डेले ब्यक्त गर्नुभयो । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अशोक थापाले कोरोना भाइरसका कारण अघिल्लो बर्षको अपेक्षित नतिजा हासिलमा केही असर गरेको बताउनु भयो । कोरोनाका कारण सिङ्गो देशनै आर्थिक संकटमा हुदा गाउँपालिका पनि त्यस बाट अछुतो नरहेको भन्दै संकटकै बिचमा पनि काम गर्नु पर्ने बाध्यता रहेको बताउदै यो महामारीको सामना गर्ने काममा जुट्न सबै पक्षलाइ आग्रह गर्नु भयो । अध्यक्ष थापाले कार्यक्रममा उठेका सुझाबलाइ आगामी आर्थिक बर्षमा सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सुझाबका लागि धन्यवाद दिनुभयो । गाउँपालिकाका सबै गतिविधि पारदर्शी राख्न यहि आर्थिक बर्षदेखि गुल्मीको गुल्मीदरबार गाउपालिकाले आफ्नो मासिक इ(बुलेटिन समेत सुरु गरेको छ ।