नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिकाले वडा कार्यालयको ध्यानकर्षण
जनताको सेवाका लागि २४ सै घण्टा तत्पर छु : वडाअध्यक्ष केसी
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी रेसुङ्गा नगरपालिका–३ गुल्मीले वडा कार्यालयले गरेका गतिविधिप्रति ध्यानकर्षण जनाएको छ । नेकपा वडा कमिटीले आइतबार रेसुङ्गा नगरपालिकाका मेयर तथा नगरपालिकालाई बोर्धाथ गरिएको ज्ञापनपत्र वडाअध्यक्ष थम्मन बहादुर केसीलाई हस्तान्तरण गर्दै ध्यानकर्षण भएको जनाएको छ ।
नेकपा वडा कमिटीले विभिन्न मागहरु राख्दै वडाको विकासका लागि विभिन्न कार्यहरु छिटो छरितो रुपमा सम्पदन गर्न र जनताको सेवा सुविधा उपलब्ध गराउन आग्रह गरेको छ । वडाअध्यक्ष नियमित रुपमा वडा कार्यालयमा उपस्थित भई जनताको कामलाई प्राथमिकता दिनुपर्ने, वडाले गरेका कार्यहरुको तत्काल सार्वजनिक सुनुवाई हुनुपर्ने माग राखेको छ ।
ध्यानकर्षणपत्रमा जनताको काम गर्दा पक्ष विपक्ष हेरी काममा ढिलासुस्ती गरेको, कोभिड–१९ को राहत वितरणमा पक्षपात गरेको, भुकम्प पीडित, पहिरो पीडितलाई सेवासुविधा दिंदा भेदभाव गरेको आरोप समेत नेकपा वडा कमिटीले लगाएको छ ।
टायलका छाना भएका टिनका छाना लगाउने भनि आश्वासन दिएर उक्त कार्य तदारुकता पूर्वक पुरा नगरेको समेत ध्यानाकर्षणपत्रमा उल्लेख छ । आफना मागहरु वडा कार्यालयले पुरा नगरे चरणबद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने समेत उल्लेख गरिएको छ ।
जनताको सेवाका लागि २४ सै घण्टा तत्पर छु : वडाअध्यक्ष केसी
त्यस अवशरमा ज्ञापन पत्र बुझ्दै वडाअध्यक्ष थम्मन केसीले वडा कार्यालयलाई गराएको ध्यानकर्षणप्रति आफु सकरात्मक रहेको बताउनुभयो । आफुलाई जानकारी भएसम्म जनताको काम गर्दा कुनै पनि प्रकारको ढिलासुस्ती नरहेको बताउनुभयो । रेसुङ्खा नगरपालिकाभित्रमै सबैभन्दा पहिला सार्वजनिक सुनुवाई गर्ने तिन नम्बरको वडा कार्यालय रहेको वडाअध्यक्ष केसीले दाबी गर्नुभयो ।