उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर उपत्यकामा कोरोना भाइरसबाट संक्रमित ७ हजार ३९ पुगेका छन् ।
हालसम्म काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८१८२ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन् ।