प्रधानमन्त्री केपी ओलीले जनतालाई ढाँटे !
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडिको भेटमा नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने भएको कुरा जनाकारी गराएका थिए । मैले अर्थमन्त्री डां युवराज खतिवडाको नाम सिफारिस गरिसकेको कारण यसपटक उपाध्यक्ष गौतमलाई लैजान नसकिने भइयो दुख नमान्नु होला भनेर प्रधानमन्त्री ओलीले दाहाललाई संझाएका थिए ।
प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको दुई दिन बित्न नपाउँदै ओली लत्रिएर पुन फेरी गौतमलाई नै मन्त्रिपरिषदबाट सिफारिस गर्न तयार हुनुले आशंका जन्माएको छ । उनलाई के बाध्यता आइलाग्यो र गौतमको नाम राष्ट्रपतिसमक्ष पठाउँछु भनेर बिहिवारको सचिवालय बैठकमा प्रस्ताव गरे । यो बिषयले प्रधानमन्त्री ओलीको बोलीमाथि नै नैतिक प्रश्न खडा गरेको बताइएको छ । गौतम प्रकरणमा प्रधानमन्त्री ओलीले आफनो दल नेकपालाई मात्र होइन, सम्पुर्ण नेपाली जनताको अगाडि झुट बोलेको प्रमाणित भएको छ ।
नेपालको संबिधानले चुनाव हारेको व्यक्तिलाई त्यो कार्यकाल अर्थात ५ वर्ष भरी सांसद र मन्त्री बन्न रोक लगाएको छ । तर यी कुरालाई पुरै बेवास्था गरेर गोरखाबाट प्रतिनिधिसभाको चुनावमा हारेका नेकपा सचिवालय सदस्य एवम पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई यसअघि नै राष्ट्रिय सभामा प्रवेश गराईसकिएको छ । यसैगरी राष्ट्रपतिले मनोनित गने राष्ट्रिय सभाको एउटा कोटामा अहिले उपाध्यक्ष बामदेव गौतमलाई मन्त्रिपरिषदले सिफारिस गर्न लागेपछि यो प्रकरण पनि सर्वत्र आलोचनाको बिषय बन्न पुगेको छ ।
राष्ट्रपतिबाट मनोनित गर्ने भनेको व्यक्ति मुलुकमा राम्रो काम गरेर ख्याति कमाएको र नैतिकवान हुनुपर्ने भनिएको छ । संबिधानले तोकेको यी कुनै कुरालाई पनि ख्याल नगरी आफनो सत्ता जोगाउन र स्वार्थपुर्तिका लागि प्रधानमन्त्री ओलीले नेता गौतमको नाम सिफारिस गर्न लागेपछि बुद्धिजीवीहरुले यसको खुलेरै बिरोध जनाएका छन ।