बामदेव माथि उठयो नैतिकताको प्रश्न ?
काठमाडौं । नेकपाका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई यो पटक संसदमा नपुगि नहुने के बाध्यता आइलाग्यो । मुलुकलाई यो बेला उनको आवश्यकता थियो कि थिएन । आवश्यकता थियो भने त्यसको कारण के हो ? यो बिषयले अहिले मुलुक भित्र निक्कै चर्चा पाएको छ ।
२०७४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा बर्दियावाट नेता गौतमले चुनाव हारेका थिए । नेपाली काँग्रेसका नेता संजय गौतमसँग करिव ३ सय मत अन्तरले पराजय भोगेका उनी कुन नैतिकताको आधारमा अहिले राष्ट्रिय सभामा प्रवेश गर्न लागेका हुन ।
प्रतिनिधी सभामा चुनाव हारेका व्यक्तिले पाँच वर्षको कार्यकालभरी निर्वाचनमा उठन नपाउने र उसले कुनै लाभको पदमा जान नहुने कुरा संबिधानले नै व्यवस्था गरेको छ । तर उनी बर्दियाबाट चुनाव हारे लगत्तै पुर्ननिर्माण प्राधिकरणको सिइओ बन्न कसरत गरे तर पाएनन । त्यसपछि डोल्पाबाट उपनिर्वाचन लडने कसरत गरे त्यो पनि पार लागेन । लगत्तै उनले काठमाडौंबाट चुनाव लडन लागेको र त्यसका लागि एकजना सांसदले राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गरे । तर सांसदले दिएको राजीनामा स्वीकृत नहुँदै त्यसको व्यापक बिरोध भएपछि यो प्रकरण त्यसै सेलायो । अनि गौतमका सवै अस्त्र फेल भए ।
यसपछि पनि उनी चुपचाप लागेर बसेनन । सत्ताको वरीपरी बसेर नेकपाका अध्यक्ष एवंम प्रधानमन्त्री ओलीसँग पदको लागि बार्गेनिङ गरिरहे । त्यसका लागि उनले कहिले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उचाल्न सम्म उचाले ।
यो कुरा बाहिर आएपछि गौतम पदको लागि जे गर्न पनि तयार हुने व्यक्ति भएको भन्दै उनीमाथि नैतिकताको प्रश्न उठयो । त्यसपछि उनी केही समयसम्म चुप लागेर पनि बसे । असार १० गतेबाट शुरु भएको नेकपा स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने बिषयमा गौतमकै भुमिकाले काम गरेको थियो । उनीसहित अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एकै ठाउँमा उभिए । त्यसपछि नेकपाको बिवाद उत्कर्षमा पुगेर पार्टी बिभाजन नजिक पुगेपछि मध्यमार्गी धार बोकेर ६ बुँदे प्रस्ताव फयाँके । यो प्रस्तावले केही समय प्रधानमन्त्री ओलीलाई राहत पनि मिल्यो । यही गुण तिर्नको लागि प्रधानमन्त्री ओलीले गौतमलाई सत्ताको सारथीसमेत बनाउन राष्ट्रियसभामा पुरर्याउन खोजेका हुन । प्रधानमन्त्रीको यो कदमवाट नेता गौतम औधी खुशी भएर रौसिदै नाचेंका पनि छन ।