२४ घण्टामा थपिए साढे १३ सयभन्दा बढी संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै १३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका समेत गरेर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । आज सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २५ हजार ५६१ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमा काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना छन् भने चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७/७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५/५ जना, सिन्धुपाल्चोक र डोटीमा ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३र३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २र२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १/१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।