२४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगे छ ।
पछिल्लो पटक मृत्यु हुनेहरुमा १० जना पुरुष र ४ जना महिला छन् । २४ घन्टाको अवधिमा मृत्यु हुने संक्रमितहरुमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनका ३५ वर्षीया महिला, सप्तरीका ५५ वर्षीय २ पुरुष, रसुवा ३१, कास्कीका ३६, नवलपरासीका ३७, प्युठानका ५८, रुपन्हेदीका ८७, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुष रहेको प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन्।