काठमाडौंमा ३ सहित थप ९ जना संक्रमितको मृत्यु
मृतकको संख्या २८० पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ।
आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा मोरङ वर्षिया महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षिया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रदेश ५ मा नवलपरासीका ३६ वर्षिया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रवक्ता गौतमका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।