खतिवडाको बिदाईसँगै बिषबमन किन ?
काठमाडौं । डा. युवराज खतिवडा मन्त्रीबाट बिदा भएका छन । तीन तीन पटक मुलुकको बजेट प्रस्तुत गर्ने अवसर उनलाई मिल्यो । उनी बाहेक नेपालको इतिहासमा यो अवसर यसअघि कसैले पनि प्राप्त गरेका थिएनन । भविष्यमा त्यो अवसर कोही कसैलाई जुर्ला कि नजुर्ला त्यो इतिहासको गर्वमा छ ।
२०७४ फागुनमा पहिलोपटक अर्थमन्त्री बनेका खतिवडाले मुलुकको अर्थतन्त्रलाई राम्रैसँग चलायमान बनाए । यस अघि मुलुकको अर्थतन्त्र बेढंगले संचालन हुँदै आइरहेको थियो । त्यसलाई उनले ट्रयाकमा ल्याउने काम सफलतापुर्वक गरेर देखाइदिएर स्यावासीको पात्र समेत बनेका छन ।
यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्रबैंकको गभर्नर भएर काम गरेका थिए । त्यो बेला पनि उनले नेपालको अर्थतन्त्रलाई सही गतिमा हिंडाउन खोज्दा व्यापारीबाट व्यापक बिरोध भएको थियो । उनलाई मन्त्रीमा हुँदा प्रभावमा पार्न नसेकेर आफनो दुनो सोझाउन नसकेकाहरु पदबाट बिदा हुनासाथ उनको बदनाम गर्न तल्लीन भएका छन ।
जस्तो उनी गभर्नर हुँदा रातारात जग्गा दलाल गरेर भुइंबाट करोडपति बन्न खोज्नेहरुका लागि बैंक लोनमा कडाई गरेर अनुत्पादक क्षेत्रको लगानीलाई हतोत्साही गरेका थिए । र यो क्षेत्रलाई सन्तुलन ल्याउन प्रभावकारी भुमिका खेलेका थिए । यसैगरी उनी अर्थमन्त्रीमा पहिलो पटक नियुक्त भएसँगै शेयर कारोवारलाई पनि व्यवस्थित र मर्यादित बनाउन खोजेपछि माफियाहरु अत्तालिएका थिए । रातारात रोडपतिबाट करोडपति बन्ने सपना देख्नेहरुका लागि उनी बाधक बनेपछि खतिवडाको व्याक बाइटिङ गर्ने तर उनको सामुन्नेमा परेपछि कोही पनि बोल्न भने सक्दैनथे ।
शुक्रवारबाट उनी बर्तमान ओली सरकार र उनको मन्त्रिमण्डलबाट बिदा भएसंगै उनको बिरोध अहिले व्यापक रुपमा हुन थालेको छ । अर्थमन्त्रीबाट बिदा भएसँगै व्यापारीहरुको उस्काहटमा बिभिन्न संचारमाध्यहरुले उनको बिज्ञता र मन्त्रीपदको बेइज्जत हुने गरी प्रायोजित समाचारहरु बाहिर ल्याउन थालेका छन । उनले गरेको राम्रो काम माथि नै हिलो छयाप्ने र आक्षेप लगाउने काम शुरु भइसकेको छ ।
उनी बिरुद्ध यसरी बिषबमन हुनुको मुख्य कारण अर्को पनि छ । उनी फेरी प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार बन्न लागेकोले यसो गरिएको हो । प्रधानमन्त्री ओलीका अत्यन्तै बिश्वास पात्रसमेत रहेका खतिवडालाई कुनै पनि हालमा आफुसँगै राख्ने योजना प्रधानमन्त्री ओलीको रहेको छ । यो खवरले व्यापारी र माफियाहरुको निदहराम गराइदिएको पनि छ । यही भएर उनीहरु फेरी उनका बिरुद्धमा बर्रबराउन थालेका हुन ।
उनी फेरी शक्तिमा आएको खण्डमा खुलेआम रुपमा आर्थिक घोटाला, अपारदर्शी र अनियमितता कामका बिरुद्ध खरो रुपमा उत्रेर जेहाद छेडनेछन भनेर नै माफिया र भ्रष्टचारीहरु उनको नियुक्ति रोक्न र उनलाई बदनाम गर्न लागेको कुरा घाम जत्तिक्कै छलङग छ ।