थपिए ९८० जनामा कोरोना संक्रमित, थप नौ जनाको मृत्यु
संक्रमितको संख्या ४५ हजार २५७ जना पुग्यो, २८ हजार ९४१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २५७ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जना छन् । आज थपिएका समेत गरेर उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।
प्रवक्ता डा। गौतमका अनुसार हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ।
हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन्। आज १० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। यो सहित जम्मा पीसीआर परीक्षण ७ लाख ६८ हजार ३ सय ४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन् । यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या २८ हजार ९४१ जना पुगेको छ । मन्त्रालयका अनुसार ६३ प्रतिशत संक्रमित निको भएका छन् ।
त्यसतै पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । देशभर २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुने महिलाहरूमा झापा र मोरङका हुन् भने मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ३ जना र मोरङ, पर्सा, धनुषा र चितवनमा १÷१ जना छन् । योसँगै देशभर हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २८९ पुगेको छ।