गुल्मीमा कोरोना संक्रमितको संख्या ४३० पुग्यो
गुल्मीमा कोरोना भाइरस जितेर ३८९ जना घर फर्किएका छन् । जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमितमध्ये संक्रमितमध्ये ३२५ जना पुरुष तथा ६४ जना महिलाले कोरोना भाइरस जितेर घर फर्किएका हुन् ।
यहाँ कोरोना संक्रमितको संख्या ४३० पुगेको छ । जसमा पुरुष ३५६ र महिला ७४ जना रहेका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आर्चायले जानकारी दिनुभएको छ ।
यस जिल्लाबाट अहिलेसम्म ८ हजार २०४ जनाको आरडीटी परिक्षण गरिएको छ । १३६ जनाको पीसीआर परिक्षण रिर्पोट आउन बाँकी रहेको छ ।अहिले पुरुष २९ तथा महिला ९ जना गरी ३८ जना आइसोलेसनमा रहेका छन् ।
कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि अहिले ७९० क्षमताको क्वारेन्टीन तथा १७६ बेड क्षमताको आइसोलेसन छ । पुरुष ८६ जना र महिला ३६ जना गरी अहिले १२२ जना क्वारेन्टीनमा रहेका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।